ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एउटै गाउँबाट ४२ टन मह उत्पादन !

Jun 24, 2019  
प्रदेश समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

असार ९, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–११ थाकलटारस्थित ग्रामीण बस्तीमा यो वर्ष ४२ टन मह उत्पादन भएको छ । जनजाति बाहुल्य यस बस्तीका ५७ घरपरिवारले व्यावसायिक मौरीपालन गर्दै आएका छन् । थाकलटार मौरीपालन, तरकारी र च्याउ उत्पादन बहुउद्देश्यीय कृषक समूहका सचिव धर्मराज लामाका अनुसार एक परिवारले २० देखि ३०० घारसम्म मौरी पालेका छन् । त्यहाँ चिउरीको मह उत्पादन हुने भएकाले डाबर नेपाल, पतञ्जलि र स्थानीय व्यवसायीले त्यहाँको मह उठाउने गर्दछन् । मौरी पालेसँगै धेरैको जीवनस्तर उकासिएको संस्थाका अध्यक्ष खड्गबहादुर मोक्तानले जानकारी दिए ।

उनका अनुसार ५० घार मौरी पाल्नेले वर्षमा रू.२ देखि ३ लाख आम्दानी गर्ने गरेका छन् । कृषकलाई मौरी पाल्न विभिन्न संस्थाले सहयोगसमेत गर्दै आएका छन् । कृषकले यस वर्ष रू. २५० प्रति किलोमा मह विक्री गरेको बताएका छन् । हालै मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण मौरी जोन, हरियो वन कार्यक्रम र डाबर नेपालको सहयोगमा गाउँमा मह संकलन केन्द्रसमेत स्थापना गरिएको छ । केन्द्र भवन निर्माण गर्न मौरी जोनले रू. १० लाख, हरियो वन कार्यक्रमले रू. १० लाख १२ हजार र डाबर नेपालले रू.२ लाख ४० हजार सहयोग गरेका छन् । किसानको मह संकलन गरेर सोही ठाउँमा राखिने अध्यक्ष मोक्तानले जानकारी दिए । वि.सं. २०६० पछि स्थानीयवासीले त्यहाँ मौरी पाल्न शुरु गरेका हुन् । राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले स्थानीय मौरीपालनमा लागेपछि जीवनस्तरमा सुधार आएको जानकारी दिए । यसले ग्रामीण क्षेत्रबाट शहर पस्नेहरुलाई रोकेको उनको भनाइ छ ।

मौरीबाट आम्दानी गर्न थालेपछि स्थानीय तरकारी र पशुपालनतर्फ पनि केन्द्रीत हुन थालेका छन् । मौरीपालक संघ चितवनका अध्यक्ष रोशन पण्डितले जिल्लामा एक वर्षमा ५०० देखि ६०० टनसम्म मह उत्पादन हुने गरेको बताए । ग्रामीण बस्ती थाकलटार मौरीको पकेट क्षेत्र रहेको भन्दै उनले चिउरीको महका लागि सो क्षेत्र प्रख्यात रहेको जानकारी दिए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)