ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दमकमा रू. ३०० अर्बको औद्योगिक पार्क : ४ वर्षसम्म जग्गा अधिग्रहणकै अलमल

Jun 25, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । झापाको दमकमा रू. ३०० अर्बको लागतमा निर्माण गर्न लागिएको ‘दमक क्लीन औद्योगिक पार्र्क’ ४ वर्षदेखि जग्गा अधिग्रहणको अलमलमा छ । आवश्यक जग्गा प्राप्त हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीकोे निर्वाचन क्षेत्रको यो प्रोजेक्टको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत बन्न सकेको छैन । औद्योगिक पार्कका लागि २१ सय बिगाहा जग्गा अधिग्रहण गर्ने योजना छ । यसको काम २०७२ देखि शुरू गरिएको हो । तर हालसम्म ९४२ बिगाहा मात्र अधिग्रहण हुन सकेको छ । त्यसमध्ये पनि ४११ बिगाहा का जग्गाधनीले मात्र मुआब्जा पाएका छन् । दमकका मेयर रोमनाथ ओलीका अनुसार पार्कले दमकबाहेक गौरादह नगरपालिका र कमल गाउँपालिकाको समेत केही क्षेत्र ओगट्ने छ । ‘निजी औद्योगिक पार्क सञ्चालनमा पायोनियर बन्ने’ लक्ष्य राखिएको यो प्रोजेक्टमा चीन तथा नेपालका निजीक्षेत्रले लगानी गर्ने भनिएको छ । यसमा रू. ७० अर्ब प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आउने र जग्गा अधिग्रहणको काम आव २०७६/७७ सम्ममा पूरा गरिसकिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जानकारी दिएको छ । लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले आर्थिक अभियानसँग कुरा गर्दै भने, ‘तर, हालसम्म जति जग्गा अधिग्रहण भएको छ, त्यतिबाटै काम शुरू गर्दै जाने तयारी गरिएको छ ।’ बस्नेतका अनुसार, मुख्यतः चिनियाँ लगानी हुने यस पार्कमा सोही देशका निजी बहुराष्ट्रिय कम्पनीहरू आउनेछन् भने १५ प्रतिशत जति नेपालका निजीक्षेत्रका व्यवसायी तथा कम्पनीहरू रहनेछन् । बस्नेतले भने, ‘चीनले नेपाल मात्रै नभई समग्र दक्षिण एशियाली बजारलाई नै लक्षित गरी लगानी गर्न लागेको छ ।’ यो प्रोजेक्ट आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा समेत परेको छ । ‘दमक क्लीन औद्योगिक पार्क’मा उत्पादनमूलक उद्योगहरू रहने र खास गरी बिजुलीका सामग्रीहरू बढी उत्पादन हुने बताइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)