ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नागरिकलाई खुशी बनाउने बजेट आवश्यक : मुख्यमन्त्री पौडेल, हेटौंडाको बजेट रू.१ अर्ब ८१ करोड

Jun 25, 2019  
प्रदेश समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

असार १०, हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नागरिकलाई खुशी बनाउने बजेट आवश्यक भएको  बताएका छन् । उनले त्यसका लागि नागरिकलाई खुशी बनाउने खालको बजेट ल्याउनुपर्ने बताए ।

हेटौंडा उपमहानगरपालिकाको पाँचौं नगरसभामा मुख्यमन्त्री पौडेलले उत्पादन र रोजगार सृजना हुनेखालको बजेट बनाउन सके मात्र राम्रो हुने बताए । मुख्यमन्त्री पौडेलले विकास निरन्तर चलिरहने प्रक्रिया भएकाले एक पटकको बजेटले मात्रै खासै फरक नपार्ने भन्दै बजेटले आगामी दिनमा समानुपातिक विकासलाई समेट्नुपर्ने धारणा राखे ।

हेटौंडाको शहीद स्मारक रू.९० हजार लागतमा शुरु भएको योजना आज देशकै चर्चित पर्यटकीय गन्तव्यका रुपमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले कार्यान्वयनमा इमान्दारिता र लगनशीलता भए विकास र समृद्धि सम्भव भएको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सामाजिक रुपान्तरण गर्ने कार्यक्रम अघि सार्नुपर्ने बताए ।

हेटौंडा उपमहनगरपालिकाका प्रमुख हरिबहादुर महतले कामको गति छिटो भएको तर त्यसअनुसार कानून नभएकाले समस्या सृजना भएको बताए । हेटौंडामा सडक फराकिलो बनाउने कामसँगै फूलै फूलको शहरका रुपमा विकास गर्नका लागि आफू लागिपरेको बताउँदै प्रमुख महतले पाँच वर्षको आफ्नो कार्यकालमा हेटौंडालाई नमूना शहरका रुपमा विकास गरिने पनि बताए ।

यसैवीच  हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि रू.१ अर्ब ८१ करोड १८ लाखको बजेट ल्याएको छ । उपमहानगरपालिकाको पाँचौं नगरसभा बैठकमा बजेट प्रस्तुत गरिएको हो ।

उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले प्रस्तुत गरेको बजेटमा आन्तरिक स्रोतबाट रू. ३० करोड ३४ लाख ९१ हजार, राजस्व बाँडफाँटबाट रू.४५ करोड ८४ लाख ९ हजार, प्रदेश नं ३ सरकारको विभिन्न अनुदानबाट रू.८ करोड ३४ लाख ९९ हजारको बजेट प्रस्ताव गरिएको छ । त्यसैगरी संघीय सरकारको अनुदानबाट रू. ८६ करोड ६४ लाख प्राप्त हुन जनाइएको छ । उपमहानगरपालिकाको गत वर्षको नगद मौज्दातबाट रू. १० करोड बेहोरिने उपप्रमुख लामाले बताइन् । बजेटमा तलब, भत्तालगायत दैनिक कार्यालय सञ्चालन र अन्य प्रशासनिक खर्चका लागि रू. १९ करोड १४ लाख ४० हजार विनियोजित गरिएको उपप्रमुख लामाले बताइन् । कार्यालयको सुशासनतर्फमा रू. ६ करोड ४५ लाख ८९ हजार छुट्याइएको छ ।

नगरको सामाजिक क्षेत्रतर्फका कार्यक्रमका लागि रू. ५८ करोड ५५ लाख ४३ हजार छुट्याइएको छ । उपमहानगरपालिकाले पूर्वाधार विकासका लागि रू. ८६ करोड १२ लाख ५० हजार छुट्याइएको उपप्रमुख लामाले बताइन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)