ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कमोडिटी एक्सचेन्जका लागि ६ कम्पनीको आवेदन

Jun 27, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । कमोडिटी एक्सचेन्ज सञ्चालनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ६ ओटा कम्पनीले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन बुधवार चारओटा कम्पनीले आवेदन दिएपछि कम्पनीको संख्या ६ पुगेको हो । मल्टी डेरिभेटिभ एक्सचेन्ज (एमडेक्स), नेपाल डेरिभेटिभ एक्सचेन्ज (एनडीईएक्स), नेशनल डेरिभेटिभ कमोडिटी र नेपाल मर्कन्टाइल (नेक्स)ले बुधवार कारोबारको अनुमतिका लागि आवेदन दिएका हुन् । अघिल्लो दिनमात्र कमोडिटी फ्युचर्स एक्सचेन्ज (सीएफएक्स) र राइजल कमोडिटी एक्सचेन्ज (आरसीडीएक्स)ले आवेदन दिएका थिए । यसअघि पाँचओटा कम्पनीको आवेदन अस्वीकार गर्दै सेबोनले गत वैशाख ११ मा पुनः आवेदन मागेको थियो । आवेदन दिएका कम्पनीमध्ये नेपाल डेरिभेटिभ एक्सचेन्ज (एनडीईएक्स) ले पहिलोपटक आवेदन दिएको हो । अरू सबैले भने यसअघि पनि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये मल्टी डेरिभेटिभ एक्सचेन्ज (एमडेक्स) कम्पनीको प्रस्तावित पूँजी साढे १ अर्बसम्म रहेको बताइएको छ । एमडेक्सले बुधवार जारी गरेको प्रेस विज्ञप्ति अनुसार कम्पनीमा बैंक र बीमा कम्पनीको सहभागिता अधिक छ । कम्पनीका अनुसार रणनीतिक साझेदारका रूपमा संयुक्त अरब इमिरेट्सको दुबईस्थित दुबई गोल्ड एन्ड कमोडिटी एक्सचेन्ज (डिजिसीएक्स)को साझेदारी पनि रहेको छ । उक्त कम्पनीमा सानिमा, नेपाल बैंक, लक्ष्मी, सिद्धार्थ, जनता र एनसिसी गरी ६ ओटा वाणिज्य बैंकको पनि शेयर स्वामित्व रहेको छ । यसैगरी, दुईओटा विकास बैंक महालक्ष्मी र एक्सेल) र ६ ओटा बीमा कमपनी (सानिमा लाइफ, सानिमा जनरल, प्राइम लाइफ, प्रिमियर इन्स्योरेन्स, नेको र एभरेस्ट इन्स्योरेन्स लगायतको शेयर स्वामित्व रहेको पनि कम्पनीले जानकारी दिएको छ । यसैगरी नेपाल डेरिभेटिभ एक्सचेन्ज (एनडीईएक्स)मा संघसंस्था तथा व्यक्ति गरेर करीब ४० ओटाको शेयर स्वामित्व रहेको बताइएको छ । एनडीईएक्सका अनुसार रू. ५३ करोड चुक्तापूँजी रहने गरी आवेदन दिएको उक्त कम्पनीको हालको चुक्तापूँजी भने ३ करोड २३ लाख रुपैयाँ छ । उक्त कम्पनीसँग तत्काल विदेशी साझेदार नभएको र १ महीनाभित्र विदेशी साझेदार आबद्ध हुने नहुनेबारे जानकारी दिने कम्पनीले बताएको छ । नेशनल कमोडिटी डेरिभेटिभमा गैरआवासीय नेपालीको शेयर स्वामित्व रहेको छ । नेपाल मर्कन्टाइल एक्सचेन्ज (नेक्स)मा पशुपति मुरारका, दुगड समूह, कुमारी बैंक लगायतको शेयर स्वामित्व रहेको बताइएको छ । यसैगरी, सीएफएक्समा ३५ जनाको शेयर स्वामित्व रहेको कम्पनीका म्यानेजिङ डाइरेक्टर सरोजशरण शाहले बताए । उनले आप्mनो कम्पनीसँग विदेशी साझेदार पनि रहेको जानकारी दिए । आरसीडीएक्समा ६९ जना शेयरहोल्डर रहेको र कम्पनीले कृषिक्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने योजना अनुसार आवेदन दिइएको सञ्चालक खगेन्द्र खड्काले बताए । उक्त कम्पनीसँग भने अहिले विदेशी साझेदार छैनन् । सेबोनका प्रवक्ता नीरज गिरीले अन्तिम दिनसम्म ६ ओटा कम्पनीको आवेदन परेको जानकारी दिँदै अब कम्पनी छनोट कार्य छिटै अघि बढाउने बताए । उनका अनुसार आवेदन दिएका कम्पनीले आवश्यक सबै कागजात पूरा गरेका छन् कि छैनन् भन्ने आधारमा अंक (स्कोर) दिइनेछ । सेबोनले अंक निर्धारण गर्ने समूह (मार्किङ टीम) बनाएकोले अब उक्त समूहका सदस्यले आवेदन परेको कम्पनीलाई विभिन्न आधारमा अंक दिने उनको भनाइ छ । ‘उक्त समूहले एक्सचेन्जका सञ्चालक, रणनीतिक साझेदार, चुक्ता पूँजी, वस्तु बजारको क्षेत्र, स्वदेशी वा विदेशी वस्तुलाई दिने प्राथमिकता तथा व्यावसायिक योजना लगायतलाई जोड दिने छ । बढी अंक पाउने कम्पनी प्राथमिकतामा पर्ने र नेपालको अर्थतन्त्रले धान्नेगरी दुईओटा कम्पनीको मापदण्ड बनेकाले सोही अनुसार छनोट गरिने छ,’ उनले भने । नेपालजस्तो विकासोन्मुख मुलुकमा पाँचओटै कम्पनीलाई अनुमति दिँदा अर्थतन्त्रले थेग्न नसक्ने प्रतिवेदन नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक वासुदेव अधिकारीको एक सदस्यीय समितिले दिएको थियो । सोही प्रतिवेदनका आधारमा अब अन्तरराष्ट्रिय स्तरका कम्पनीहरूसँग मिलेर आएका दुईओटा बलिया कम्पनीलाई छनोट गरिने सेबोनका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बताए । अन्य मुलुकमा कमोडिटी एक्सचेन्ज सञ्चालन गरिरहेका कम्पनीलाई रणनीतिक साझेदार बनाएर भिœयाउने कम्पनीलाई प्राथमिकता दिइने उनले बताए । विदेशी कम्पनीको शेयर कम्तीमा १० प्रतिशत हुनुपर्ने व्यवस्था छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)