ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उपभोक्ता ठगी गर्ने ६ फर्मलाई जरिवाना

Jun 27, 2019  
प्रदेश समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

असार १२, वीरगञ्ज । वाणिज्य कार्यालय पर्साले उपभोक्तालाई ठगी गर्ने, एमआरपी नराख्ने तथा बिल नदिनेजस्ता गैरकानूनी क्रियाकलाप गरी उपभोक्ता ठग्ने वीरगञ्जका छ ओटा व्यापारिक फर्मलाई जरिवाना गरी कारवाही गरेको छ । कारवाहीमा परी जरिवाना तिरेका फर्ममा वीरगञ्ज महानगरपालिका– १८ को नारायणी धूप उद्योग रहेको छ । सो उद्योगलाई उत्पादन गर्ने अगरबत्तीमा उत्पादन मिति नराखेको तथा एमआरपी नराखेको कारण रू. ५० हजार जरिवाना गरिएको छ । यसैगरी वीरगञ्जकै नारायणी इन्टरप्राइजेजले उपभोक्तालाई ठग्दै आएको सूचना प्राप्त भएपछि अनुगमनकार्यमा असहयोग गरेकाले रू. १० हजार जरिवाना गरिएको सूचना अधिकारी दिलीपखंग खत्वेले बताए । यसैगरी कारवाहीमा परी जरिवाना तिरेका अन्य फर्ममध्ये हिमाल केमिकल एण्ड परफ्युमरी उद्योगलाई पनि अगरबत्तीमा एमआरपी नराखी उत्पादन गरेकाले रू. ५० हजार जरिवाना गरी कारवाही गरिएको छ । वीरगञ्जकै माईस्थानमा रहेको गणेश किराना स्टोरलाई उपभोक्ताले बिल माग्दा नदिएकाले रू. १० हजार जरिवाना गरिएको छ । यसैगरी बहुदरमाई नगरपालिकाको रामनगरी बजारमा रहेको निरञ्जन कोल्ड स्टोरलाई बिल नराखेकाले रू.५ हजार जरिवाना गरी कारवाही गरिएको छ । त्यस्तै वीरगञ्जकै माईस्थानस्थित जय माँ अम्बे इन्टरप्राइजेजलाई बिल नराखेको, उपभोक्तालाई बिल नदिई ठगी गरेकाले रू. २० हजार जरिवाना गरिएको छ ।

वाणिज्य कार्यालयले प्रदेश नं २ को आठ जिल्ला र प्रदेश नं ३ को चितवन र मकवानपुर जिल्लालाई कार्यक्षेत्र बनाई काम गर्दै आएको छ । कार्यालयले उपभोक्ता संरक्षण ऐन, २०५४ र उपभोक्ता संरक्षण नियमावली २०५६ अनुसार कारवाही गरी जरिवाना गरेको निमित प्रमुख ओमनारायण शर्मा ढुंगानाले बताए । व्यापारीले फर्म दर्ता गर्न तथा नवीकरण गर्न जाँदा तोकिएको सरकारी दस्तुरभन्दा बढी रकम असुल्ने गरेको व्यापारीको गुनासो छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)