ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेलम्ची खानेपानी : ३ दिनभित्र रकम दाबी गर्न आग्रह

Jun 27, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

असार १२, मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदलले आन्दोलनरत स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सलाई तीन दिनभित्र रकम दाबी गर्न आग्रह गरेको छ । बुधवार आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदल बैठकले रकम दाबी गरी कार्यदललाई बुझाउन आग्रह गरेको हो । मेलम्ची खानेपानी आयोजना निर्माणको काम इटालियन कम्पनी सीएमसीले छाडेपछि बाँकी रकमको माग गर्दै आन्दोलन गरिरहेकालाई तीन दिनभित्र आधिकारिक प्रमाणसहित आफ्नो भुक्तानी लिन बाँकी रकम दाबी गरी कार्यदललाई बुझाउन आग्रह गरेको छ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई यसअघि फर्काइदिएका स्थानीय ठेकेदारले गत सोमवार बसेको बैठकमा दुई बुँदे सहमतिपछि काम सञ्चालन गर्न दिने सहमति भएको थियो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको अगुवाइमा मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकमा सो सहमति जुटेको हो । असार २१ भित्र माग सम्बोधन गर्ने गरी सुनुवाइ नभए फेरि पनि आयोजनाको काममा अवरोध गर्ने स्थानीय संघर्ष समितिका अध्यक्ष उत्तरकुमार श्रेष्ठले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)