ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चीनले कोरलामा रोक्यो नेपाली पश्मिना : दुईतर्फका अधिकारीबीचको सहमति कार्यान्वयन भएन

Jun 28, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
काठमाडौं । उपल्लो मुस्ताङ र चीनबीच चल्दै आएको परम्परागत स्थानीय वार्षिक मेलामा यो पटक चीनले नेपाली पश्मिना व्यापारमा रोक लगाएको छ । उपल्लो मुस्ताङ र चिनियाँ सीमाक्षेत्रका बासिन्दाहरूको सहभागितामा हरेक वर्ष जुन २२ देखि १० दिनसम्म चल्ने मेलामा यसपटक नेपाली पश्मिना विक्रीमा प्रतिबन्ध लगाइएको हो । दुवैतर्पmका स्थानीय बासिन्दा तथा व्यापारीसँग भएका सामानको किनबेचका लागि वर्षमा दुईपटक (जुन र सेप्टेम्बर) शताब्दीयौंदेखि यस्तो मेला चल्दै आएको छ । नेपाली सिमाना कोरलाबाट पाँच किलोमिटर चीनतर्पm ढोङ्बा जिल्लाको ढोमा कोलक भन्ने स्थानमा मेला सञ्चालन हुने गर्छ । मेलामा बेच्न लगिएको पश्मिना चिनियाँ भन्सारले सीमावारि नै रोकेको लोमान्थाङका रामबहादुर गुरुङले जानकारी दिए । ‘गएको वर्षसम्म यताबाट मेलामा लगिने कुनै पनि सामानलाई रोक लगाइँदैन थियो,’ उनले भने, ‘तर यो पटक नेपालीहरूले लगेको पश्मिना उताको भन्सारले लैजानै दिएको छैन ।’ नेपालतर्पm भन्सारको सुविधा नरहे पनि मेला अवधिभर राजस्व संकलनका लागि सरकारले नाकादेखि १६ किलोमिटर वरै नेचुङ भन्ने स्थानमा काजमा भन्सार अधिकृत तैनाथ गरेको छ । पश्मिना रोकिएको सम्बन्धमा सोध्दा भन्सार अधिकृत यादवराज पहाडीले कार्यालयमा आपूm एक्लै भएकाले स्थलगत रूपमा बुभ्mन नपाएको बताए । ‘यहाँको स्थानीय प्रशासन र उता (चीन) पट्टिका अधिकारीहरूबीच पश्मिना नरोक्ने सहमति भए पनि लैजान नदिएको भन्ने जानकारी आएको छ,’ पहाडीले भने, ‘कार्यालयमा म एक्लैलाई खटाएकाले आफै गएर बुझ्नसमेत पाएको छैन ।’ चीनतर्फ भन्सार कार्यालय तथा नाकासम्म पक्की सडक निर्माण भइसकेको छ भने नेपालतर्फ कच्ची बाटो मात्रै पुगेको छ । भन्सार कार्यालय तथा पूर्णकालीन भन्सार अधिकृतको नियुक्ति नहुनाले चीनतर्फबाट हुने गतिविधिको निगरानी, नियन्त्रण तथा समन्वयमा कमी रहेको उपल्लो मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल बिष्ट ‘राजु’ले जानकारी दिए । बेनी–जोमसोम–लोमान्थाङ सडक ट्र्याक नखुल्दासम्म उपल्लो मुस्ताङवासीको आवश्यक सरसामान खरीद गर्ने प्रमुख माध्यम यही मेला नै रहेको थियो । सडक ट्र्याक खुलेपछि भने उक्त मेलाप्रति नेपालीहरूको निर्भरता निकै घटेको छ । नेपालीहरूले सो मेलाबाट खासगरी सिरक, थर्मस, बियर, जुस, कपडा, चाउचाउका साथै घरायसी सामान किन्ने गर्छन् । यसपटक मेलाबाट नेपालीहरूले बढी मात्रामा सिमेन्ट र काठ खरीद गरिरहेको पनि रामबहादुर गुरुङले जानकारी दिए । राजस्व लक्ष्य करीब पूरा कोरला नाकाबाट आर्थिक वर्ष २०७५/७६ मा रू. १२ लाख ५० हजार राजस्व संकलनको लक्ष्य राखिएको छ । त्यसमध्ये गएको सेप्टेम्बरको मेलाबाट रू. ७ लाख ६० हजार संकलन भएको थियो । त्यसैगरी बिहीवारसम्म (मेला शुरू भएको ६ दिनमा) रू. ४ लाख ८२ हजार ४७१ राजस्व संकलन भएको भन्सार अधिकृत पहाडीले जानकारी दिए । यो वर्षको लक्ष्य भेट्न बाँकी रहेको रू. ७ हजार ५२९ पनि सजिलै पूरा हुने सम्भावना रहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)