ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्जका आर्थिक पत्रकारलाई शेयरसम्बन्धी तालीम

Jun 29, 2019  
प्रदेश समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

असार १४, वीरगञ्ज(अस) । वीरगञ्जबाट आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरूलाई शेयरसम्बन्धी तालीम दिइएको छ । नासा सेक्युरिटिज् कम्पनी लिमिटेड र इकोनोमिक रिपोटर्स एसोसिएन (इरा)को आयोजनामा शुक्रवार वीरगञ्जमा भएको तालीममा शेयर बजारका आधारभूत पक्षबारे जानकारी दिइएको थियो ।

इराका संयोजक रीतेश त्रिवाठीले शेयरबजारका विविध पक्षका जानकारीले आर्थिक बिटमा काम गरिरहेका पत्रकारलाई व्यवसायिक र व्यक्तिगत दुवै खालको फाइदा पुग्ने बताए । तालीमबाट पाएको जानकारीका आधारमा सञ्चारकर्मीले पनि शेयरमा लगानी गरेर लाभ लिन सक्ने उनले बताए ।

सञ्चारकर्मीहरू शेयर बजारका सुक्ष्म पक्षबारे जानकार हुँदा सचेतना अभिवृद्धिको उद्देश्यसमेत सहज हुने धारणा त्रिपाठीको थियो । नासा सेक्युरिटिज वीरगञ्जका प्रबन्धक जीतकुमार दाहालले वीरगञ्जका सर्वसाधारणमा अझै पनि शेयरसम्बन्धी जानकारीको कमी भएको बताए ।

शेयर बजारमा स–सानो पूँजीबाट पनि लगानी र आयको अवसर भएको उल्लेख गरे । शेयर बजारका बारेमा सञ्चारजगतले सर्वसाधारणमा सहजै चेतना जगाउन सक्ने विश्वास पनि उनले व्यक्त गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)