ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेशमै पहिलो पानी प्रशोधन केन्द्रको परीक्षण शुरु

Jun 29, 2019  
प्रदेश समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

असार १४, पर्सा । वीरगञ्जको छपकैयामा निर्माण भएको प्रदेश नं– २ कै पहिलो फोहर पानी प्रशोधन केन्द्र शनिवारदेखि सञ्चालनमा आएको छ ।  नौ बिघा १० कट्ठा क्षेत्रफलमा रू. १२ करोड भन्दा बढीको लगानीमा निर्माण भएको प्रशोधन केन्द्रको सफल परीक्षण वीरगञ्ज महानगरपालिकाले सम्पन्न गरेको हो ।

नगरमा रहेका ४ हजार भन्दा बढी घरबाट निस्किने फोहर पानीलाई केन्द्रमा प्रशोधन गरी ९९ प्रतिशत सफा बनाइ सिर्सिया खोलामा मिसाउने योजना रहेको परियोजनाका व्यवस्थापक शैलेन्द्र श्रेष्ठले जानकारी दिए । उनले नगरक्षेत्रमा निर्माण गरिएका मुख्य नालाबाट संकलित १ करोड लिटर फोहर पानीलाई दैनिक प्रशोधन गर्नसकिने केन्द्रको क्षमता रहेको बताए । सञ्चालनमा आएकोे प्रशोधन केन्द्रबाट वर्षमा लाखौंको मल उत्पादन हुने महानगरपालिकाले बताएको छ । एशियाली विकास बैंक तथा नेपाल सरकारको ८१ प्रतिशत, नगर विकास कोषको ११ प्रतिशत र महानगरपालिकाको आठ प्रतिशत लागनीमा प्रशोधन केन्द्र निर्माण भएको छ । नगरक्षेत्रबाट निस्किएको फोहर पानीबाट सिर्सिया खोला हुँदै आएको प्रदूषण केन्द्र सञ्चालनमा आएपछि नियन्त्रण हुनुको साथै यसले पर्यावरण संरक्षणमा ठूलो टेवा पुर्‍याउने महानगर प्रमुख विजयकुमार सरावगीले बताए । उनले केन्द्रबाट प्रशोधित भई निस्किने पानीलाई कृषि प्रयोजनका लागि उपयोग गर्ने सकिने भएकाले त्यस तर्फ अध्ययन अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । केन्द्रको सफल परीक्षण सम्पन्न भएपछि अब केही दिनभित्र यसको उद्घाटन  गरिने महानरपालिकाले बताएको छ । प्रशोधन केन्द्र सञ्चालनमा आएपछि फोहर पानीको व्यवस्थान भए पनि नगरक्षेत्रबाट दैनिक संकलन हुने पाँच/ छ टन फोहरको उचित व्यवस्थापन अहिलेपनि महानगपालिकाको समस्याको विषय बनेको छ । रासस
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)