ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश–३ का मुख्यमन्त्री पौडेल चीन प्रस्थान : मरिण र मनहरीमा औद्योगिक क्षेत्र स्थापना गर्न छलफल हुने

Jul 3, 2019  
प्रदेश समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार १८, हेटौंडा (अस) । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल चिनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा पाँच दिने चीन भ्रमणका लागि मंगलवार त्यसतर्फ प्रस्थान गरेका छन् । गान्सु प्रान्तसँग प्रदेश ३ सरकारको केही समय अगाडि भगिनी सम्बन्ध भएको थियो । दक्षिण एसियाली राष्ट्रहरुसँगको सम्बन्ध हेर्ने गान्सु प्रान्तको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गान्सुसँग गत बैशाख ३१ गते भगिनी सम्बन्ध विस्तार गर्न हस्ताक्षर भएको थियो । सिन्धुलीको मरिण र मकवानपुरको मनहरीमा स्थापना हुने औद्योगिक क्षेत्र तथा विद्युतीय साधन संचालनका बिषयमा पनि छलफल हुने कार्यक्रम छ । मुख्यमन्त्री पौडेलले भगिनी सम्बन्ध गाँसिएपछि व्यापार विस्तार, पर्यटन प्रवर्द्धन, कृषि क्षेत्रको विस्तार, सूचना प्रविधि, भौतिक पूर्वाधारमा समेत सहयोग पुग्ने बताए । मुख्यमन्त्री पौडेलसँग उनकी धर्मपत्नी बिजया पौडेल, प्रदेशसभा सदस्यहरु जुनेली श्रेष्ठ, कञ्चन खनाल र राधा घले, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव भोला दाहाल र मुख्यमन्त्री पौडेलका स्वकीय सचीव अनुप पौडेल पनि सहभागी छन् । चिनको गान्सु प्रान्तको लान्झाउ सहरमा असार १८ देखि २१ गतेसम्म आयोजना हुने विविध कार्यक्रममा मुख्यमन्त्री पौडेलले सम्बोधन गर्ने छन् । उनले २५ औं लान्झाउ इन्भेस्टमेन्ट एन्ड ट्रेड फेयर एन्ड हाई इन्ड फोरम अन सिल्करोड कोअपरेसन कार्यक्रममा सम्बोधन गर्नेछन् । गान्सु प्रान्तका गभर्नर ताङ रेन्जिअनसँग भेट गर्ने कार्यक्रम पनि रहेको मुख्यमन्त्रीका स्वकीय सचीव पौडेलले जानकारी दिए । असार २१ गते त्यहाँका उद्योग, कृषि प्रदर्शनीको समेत अवलोकनको कार्यक्रम रहेको छ । यो सम्बन्ध नेपाल र चीनबीचको विकास अनुभवको माध्यमबाट ऐतिहासिक सम्बन्धलाई बढावा दिन एक महत्वपूर्ण क्षेत्र हुन सक्ने मुख्यमन्त्री पौडेलले बताए । नेपालसँग जोडिने रेलमार्ग पनि गान्सु प्रान्तकै लान्झाउ सहरबाट नेपालको प्रदेश ३ मा जोडिने भएकोले यो भ्रमणले बिशेष अर्थ राख्ने मुख्यमन्त्री पौडेलको भनाई छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)