ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्यान्माका व्यवसायी नेपालमा होटल खोल्न इच्छुक : नेपालले ‘प्रपोजल’ नै तयार पार्न सकेन

Jul 4, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । म्यान्माका निर्माण व्यवसायीले संयुक्त लगानीमा होटल खोल्न प्रस्ताव माग गरेको लामो समय बितिसक्दा पनि नेपाली पक्षले ‘प्रपोजल’ तयार गर्न नसक्दा काम अगाडि बढेको छैन । गत चैतमा भएको ‘नेपाल लगानी सम्मेलन–२०७५’मा नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) र म्यान्मा लाइसेन्स कन्ट्र्याक्टर्स एशोसिएशन (एमएलसीए) बीच नेपालमा पूर्वाधार विकासमा संयुक्त लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यसलगत्तै म्यान्माका निर्माण व्यवसायीहरूले होटल क्षेत्रमा लगानी गर्न प्रस्ताव माग गरेका थिए । उनीहरू काठमाडौं, लुम्बिनी, पोखरा र चितवनमा होटल खोल्न इच्छुक छन् । तर, एफक्यानले हालसम्म प्रस्ताव पेश गर्न सकेको छैन । एफक्यानले यी ठाउँमा होटल निर्माण गर्न जग्गा खोज्नुका साथै अन्य प्रक्रिया पूरा गरी म्यान्मा पक्षलाई प्रस्ताव पठाउनुपर्नेछ । एफक्यानका अध्यक्ष रवि सिंहले लगानी सम्मेलन लगत्तै नेपालको निर्माण क्षेत्रमा समस्या आएको हुँदा उचित प्रपोजल तयार पार्न नसकिएको बताए । आर्थिक अभियानसँग कुरा गर्दै उनले भने, ‘निर्माण क्षेत्रको लगानी सुरक्षित गर्नु हाम्रो पहिलो चासो हो सार्वजनिक खरीद नियमावली संशोधनमा भएको समस्या र विप्लव समूहको गतिविधिका साथै पछिल्ला दिनमा देखिएको बन्द, सामाजिक सुरक्षा कोष, प्यान लगायत कारण पनि काम अघि बढाउन सकिएको छैन ।’ साउनपछि यस विषयमा पुनर्मूल्यांकन गरी म्यान्माको लगानी भित्र्याउन जग्गा खोज्ने लगायत काम गरिने सिंहको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)