ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

असार २८ मा विराटनगरमा प्रादेशिक रोजगार मेला

Jul 4, 2019  
प्रदेश समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार १९, विराटनगर(अस) । प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रथम प्रादेशिक रोजगार मेला विराटनगरमा आयोजना हुने भएको छ । प्रदेशको समृद्धिका लागि रोजगारी अभियान भन्ने मूल नाराका साथ यही असार २८ गते जैन भवन विराटनगरमा रोजगार मेला आयोजना गरिदैं छ । बिहीवार पत्रकार सम्मेलन गरी मन्त्रालयले उक्त जानकारी दिएको हो । प्रदेशस्तरमा पहिलोपटक सामाजिक विकास मन्त्रालय, प्रदेश नम्बर १ रोजगारदाता र श्रम गर्न चाहने जनशक्तिबीच प्रत्यक्ष अन्तरवार्ताका माध्यमबाट बिषयगत जनशक्ति छनौट गरी बेरोजगारी न्युनीकरण गर्ने उद्देश्यका साथ प्रथम प्रादेशिक रोजगार मेला आयोजना गरेको प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । बेरोजगार अन्त्य गर्नु सरकारको पनि लक्ष्य रहेको बताउदै मन्त्री घिमिरेले प्रदेशका बेरोजगार र रोजगारदाता संस्थालाई २८ गते एकै ठाँउमा उपस्थित गराई निश्चित मापदण्ड पूरा गरेर रोजगारीका लथागि आवश्यक जनशक्तिको छनौट गरिने बताए । उनले राजगारीका लागि छनौट भएकालाई मन्त्रालयले प्रमाणपत्र समेत वितरण गर्ने जानकारी दिए । रोजगार मेला सम्पन्न गर्न रू.२५ लाख प्रस्तावित बजेट छुट्टयाइएको छ । रोजगार मेला सम्पन्न गर्न विभिन्न समिति बनाई कार्यहरु अगाडि बढाइएको मन्त्रालयले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)