ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भतेरीमा फनपार्क र वाटरपार्क सहितको नयाँ रिसोर्ट खुल्दै

Jul 6, 2019  
प्रदेश समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार २१, चितवन । प्रतिष्ठित उद्योगी व्यवसायीसहितको लगानीमा भरतपुर महानगरपालिका– २९ भतेरीमा नयाँ रिसोर्ट सञ्चालनमा ल्याइने भएको छ । रिभर बैंक फनपार्क रिसोर्ट प्रालिको एक समारोहबीच उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं रिसोर्टका सञ्चालक कल्याण जोशीले शिलान्याश गरे । नारायणगढ मुग्लिन सडक खण्डमापर्ने भतेरीमा– ६ बिघाहामा रिसोर्ट सञ्चालन गर्न लागिएको हो । कम्पनी सचिव ऋषि न्यौपानेका अनुसार वन, त्रिशूली नदी, सडक र एकापट्टी बस्तीले घेरिएको मनोरम क्षेत्रमा रिसोर्ट बनाउन लागिएको हो । जिल्लाका र बाहिरका ४५ जनाको सामूहिक लगानीमा होटल, फनपार्क र वाटरपार्क निर्माण गर्न लागिएको उनले जानकारी दिए । पहिलो चरणमा रू.५० करोड खर्च गर्न लागिएको न्यौपानेको भनाइ छ । क्रमशः थप गर्दै लैजाने लक्ष्य रहेको छ । रिसोर्टका अध्यक्ष बालगोपाल चुकेकाअनुसार एक वर्ष छ महीनाभित्रमा ५० ओटा कोठासहितको होटल, नेपालमा अहिलेसम्म नभित्रिएका खेल सामग्रीसहितको फनपार्क र वाटरपार्क निर्माण गर्ने लक्ष्य राखिएको छ । रिसोर्टका शेयर धनी जनक अर्यालले वन र नदी भएकाले शीतलतासँगै मनोरञ्जन दिनसक्ने गरी रिसोर्ट बनाउन लागिएको बताए । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी उच्चतम आधुनिक प्रविधिको प्रयोग गरी रिसोर्टको निर्माण गरिने अर्यालको भनाइ छ । होटलको शिलन्यास गर्दै उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जोशीले तेस्रो पर्यटकीय गन्तव्य चितवनका लागि काठमाडौं र पोखरावाट आउने पर्यटकको मुख्य मार्गमा होटल निर्माण थालिएको भन्दै पर्यटकलाई राम्रो सेवा दिने गरी होटल चलाउनुपर्ने बताए । रासस
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)