ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संसारभरका नेपालीको भावना समेटेर अगाडि बढ्छौं : मुख्यमन्त्री राई

Jul 6, 2019  
प्रदेश समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार २१, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश विकासका लागि संसारभर छरिएर रहेका नेपालीको भावनालई समेटेर अगाडि बढ्ने बताउका छन् । मुख्यमन्त्री राईले नेपालको तीव्र विकासका लागि संसारभर रहेका नेपाली एक भएर अगाडि बढ्नसमेत आह्वान गरेका छन् । अमेरिकाको बाल्टिमोरमा शुरु भएको नेपाली राष्ट्रिय सम्मेलनको पहिलो दिनको कार्यक्रममलाई शुक्रवार सम्बोधन गर्दे मुख्यमन्त्री राईले देशको विकास र जनताको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपाली एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिएको उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । ‘नेपालमा लगानी गर्ने वातावरण बन्दै गइरहेको छ, हामी नेपालमा लगानी आकर्षित गराउन चाहन्छौं’, मुख्यमन्त्री राईले भने । नेपाली मन र भावनालाई नेपाल राष्ट्र निर्माणको महान अभियानमा जोड्न् आफूहरु लागि रहेको मुख्यमन्त्री राईले बताए । ‘नेपाल विकास र समृद्धिको महाअभियानमा अगाडि बढिसकेको छ’, मुख्यमन्त्री राईले भने, ‘यो अभियानमा तपाईहरुको पनि योगदान आवश्यक छ ।’ विगतमा नेपाल विभिन्न कारणले पछि परेको भए पनि यतिबेला नेपाल तीव्र गतिमा अगाडि बढिरहेको मुख्यमन्त्री राईले बताए । देशमा पहिलोपटक स्थिर र बलियो सरकार बनेको भन्दै मुख्यमन्त्री राईले नेपाल स्पष्ट गन्तव्यसहित समृद्धिको यात्रामा प्रवेश गरेको बताए । रासस
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)