ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

क्यासिनो नियमावली चौथो पटक संशोधन : सीमाक्षेत्रको दूरी ३ किमी निवेदन दस्तुर रू. १० लाख

Jul 8, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । सरकारले क्यासिनो नियमावली २०७० लाई चौथो पटक संशोधन गरेको छ । संशोधित नियमावलीमा सीमाक्षेत्रबाट क्यासिनो सञ्चालनको दूरी घटाइएको छ भने दस्तुर रकम दोब्बर बढाइएको छ । क्यासिनो सञ्चालनका लागि छिमेकी मुलुकको सीमाक्षेत्रबाट तीन किलोमिटरमा सीमित गरिएको छ । पहिले यो दूरी पाँच किमी थियो । यस्तै, क्यासिनो दर्ताको निवेदन दस्तुर रू. पाँच लाखबाट बढाएर रू. १० लाख पु¥याइएको छ । सीमाक्षेत्र नजिकका होटलका हकमा यस्तो व्यवस्था गर्न व्यवसायीहरूले सरकारसँग माग गर्दै आएका थिए । क्यासिनो नियमावली २०७० साउनमा आएको हो । २०७० माघमा पहिलो, चैतमा दोस्रो र २०७१ जेठमा तेस्रो पटक नियमावली संशोधन भएको थियो । पर्यटन ऐन २०३५ अनुसार बनेको उक्त नियमावलीमा सरकारले चौथोपटक संशोधन गरेर व्यवसायीको माग पूरा गर्ने प्रयास गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बताएको छ । संशोधित नियमावलीमा क्यासिनो नवीकरण दस्तुर पनि केही प्रतिशत बढाइएको छ । आर्थिक वर्ष समाप्त हुनुभन्दा एक महीनाअघि नै इजाजतपत्र नवीकरण गराउनुपर्छ । त्यसअनुसार नवीकरण नगरेका क्यासिनोलाई थप दुई महीनाको समय दिने र उक्त समयमा पनि नवीकरण दस्तुर नबुझाउनेलाई ३ महीनासम्म १५ प्रतिशत र सो अवधि नाघेमा ३० प्रतिशतले जरीवाना शुल्क तिर्नुपर्ने व्यवस्था आर्थिक ऐनबाट गरिएको थियो । चौथो संशोधनमा खासगरी सीमाक्षेत्रबाट क्यासिनोको दूरी र क्यासिनोको दस्तुरका विषयमा निर्णय भएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । नयाँ खोलिएका क्यासिनो त्यसभन्दा कम दूरीमा रहेका कारण सरकारले नियमावली संशोधन गरेको हो । सीमाक्षेत्रका क्यासिनोमा भारतीय पर्यटक बढी आउने गर्छन् । क्यासिनो सञ्चालन गर्न रू. २५ करोडको चुक्तापूँजी हुनुपर्छ भने इजाजतपत्र दस्तुरवापत रू. दुई करोड बुझाउनुपर्छ । यस्तै, क्यासिनोले रोयल्टीवापत वार्षिक रू. चार करोड सरकारलाई शुल्क बुझाउनुपर्छ । मिनी क्यासिनोले भने वार्षिक रू. एक करोड रोयल्टी बुझाउनुपर्ने आर्थिक ऐन २०७६ ले व्यवस्था गरेको छ । नेपालमा अहिले करीब एक दर्जन ठूला र एक दर्जन मिनी क्यासिनो सञ्चालनमा छन् । तीमध्ये ठूला क्यासिनो राजधानी बाहिर भैरहवामा एउटा मात्र छ । अन्य ठूला क्यासिनो काठमाडौंमै सञ्चालनमा छन् । मिनी क्यासिनोहरू भने झापादेखि कञ्चनपुरको महेन्द्रनगरसम्म सञ्चालनमा छन् । पाँचतारे वा त्यससरहको सुविधाका होटलमा ठूला तथा तीनतारे वा सोसरहको सुविधाका होटलमा मिनी क्यासिनो सञ्चालन गर्न पाउने व्यवस्था छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)