ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पानीमाथि पनि पार्किङ !

Dec 15, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

बढ्दो सवारी साधन, अव्यवस्थित ट्राफिक र पार्किङ विश्वकै एक ठूलो समस्या हो । ठूला ठूला व्यावसायिक भवन र अस्पतालमा जमीन र जमीनमुनि पार्किङको व्यवस्था गरिए पनि बढ्दो सवारी चापका कारण यसलाई व्यवस्थित बनाउन कठिन भइरहेको छ । यस्तै समस्या भोगिरहेको इस्तानबुलले भने पानी माथि पनि कार पार्किङ गर्ने योजना बनाएको छ । इस्तानबुल नगरपालिकाका कार पार्किङ अपरेटरले दिएको जानकारीअनुसार यसका लागि एशिया र यूरोपलाई जोड्ने बोस्फोरस शहरनजिकै ठूलो भवन निर्माण गरिनेछ ।

चलायमान कार पार्किङसँगै आगन्तुकहरुको सुविधाका लागि क्याफे, मनोरञ्जनात्मक स्थल र आर्ट ग्यालरीको पनि व्यवस्था गरिने अनुसन्धान तथा लगानीसम्बन्धी सूचना दिने कम्पनी आईएसपीएआरकेले बताएको छ । १ करोड ६० लाख जनसङ्ख्या भएको इस्तानबुलमा ट्राफिक अव्यवस्था बढ्दो छ । यसका साथै पार्किङका लागि उचित स्थानको अभाव टाउको दुखाइको अर्को विषय हो । चलायमान कार पार्किङको यो योजना प्रधानमन्त्री रिसेप टेयिप इर्डोगनको सरकारले बनाएका ठूला परियोजनामध्ये एक भएको बताइएको छ । गत अक्टोबरमा टर्कीले बोस्फोरसमा यूरोप र एशिया महादेशलाई जोड्ने विश्वकै पहिलो समुद्री टनेल बनाएको थियो ।

यसका साथै त्यहाँ इस्तानबुलकै तेस्रो विमानस्थल र बोस्फोरसको तेस्रो पुलसमेत निर्माण गर्ने योजना छ । ओट्टोमन र विन्जाटाइन स्मारक भएको इस्तानबुल टर्कीको सबैभन्दा बढी पर्यटक भित्रिने शहर पनि हो । सरकारी तथ्याङ्कअनुसार यो वर्ष मात्र इस्तानबुलमा ९७ लाखभन्दा बढी पर्यटक आगमन भइसकेको छ । चलायमान कार पार्किङ कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने निश्चय नभए पनि यसको शुरूआती क्षमता ४ सय ओटासम्म कार पार्क हुने आईएसपीएआरकेले बताएको छ । यसका लागि १ लाख २० करोड डलर लागत लाग्ने अनुमान गरिएको छ । रासस-एएफपी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)