ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२० वाणिज्य बैंक मर्जरका लागि तयार : सरकारी बैंकहरू भने छलफलकै अलमलमा

Jul 11, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । हतारमा मर्जर गर्दा संकट आउन सक्ने कतिपय बैंकरहरूको टिप्पणीका बीच बुधवारसम्म देशका २८ वाणिज्य बैंकमध्ये २० ले मर्जरका लागि नेपाल राष्ट्र बैंकमा लिखित प्रतिबद्धता पेश गरेका छन् । प्रतिबद्धता बुझाउनेमा नेपाल एसबीआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक जस्ता विदेशी लगानी रहेका बैंक पनि छन् ।

यसबाहेक तीन विकास बैंक र तीन लघुवित्त कम्पनीले पनि मर्जरका लागि लिखित प्रतिबद्धता पेश गरेको राष्ट्र बैंकले बताएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति आउनुअघि नै मर्जरका लागि जोडी खोजेर आउन राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन दिएको थियो । यसबीच ग्लोबल आईएमई बैंक र जनता बैंकबीच मर्जरमा जाने सम्झौता भइसकेको छ । साथै, प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक र सिटिजन्स बैंक इन्टरनेशनले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता भएको छ । यद्यपि, प्राइम कर्मशियल बैंकले मर्जरका लागि लिखित प्रतिवद्धता बुझाएको छैन ।

विकास बैंकतर्फ सांग्रिला डेभलमेन्ट बैंक, महालक्ष्मी विकास बैंक र सहयोगी विकास बैंकले तथा लघुवित्ततर्फ महिला सहयात्रा माइक्रोफाइनान्स, स्वावलम्बन लघुवित्त वित्तीय संस्था र नेपाल माइक्रोफाइनान्स बैंकर्स एशोसिएशनले प्रतिबद्धता पेश गरेका छन् । एशोसिएशनले सम्पूर्ण लघुवित्तको प्रतिनिधित्व गर्र्दै एकमुष्ट मर्जर तथा एक्विजिशनमा जाने प्रतिबद्धता पेश गरेको हो ।

सरकारी बैंकहरूबाट आएन प्रतिबद्धता कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकमा नेपाल सरकार नै प्रमुख शेयरधनी छ । मर्जर नीति ल्याइरहँदा सरकारले यी तीन बैंकलाई आपसमा मर्जर गरेर उदाहरण दिनुपर्ने विज्ञहरूको भनाइ छ ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्यायका अनुसार मर्जरका विषयमा तीनओटै बैंकका सीईओबीच प्रारम्भिक छलफल भइसकेको छ । तर, अन्तिम चरणसम्म आउँदा पनि सरकारी बैंकहरूले मर्जरका लागि लिखित प्रतिबद्धता बुझाएका छैनन् । राष्ट्र बैंक अझै मौद्रिक नीतिको छलफलका क्रममा छ । त्यसैले उक्त नीति सार्वजनिक गर्ने मिति तय भएको छैन । बाँकी बैंकहरूले त्यसभन्दा अगाडि मर्जरका लागि लिखित प्रतिबद्धता पेश गर्न सक्ने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)