ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अब गाईलाई पनि होष्टल !

Dec 17, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

केटा र केटीका लागि छुट्टै होष्टलको व्यवस्था गर्ने प्रचलन त सामान्य नै हो । तर, हालसालै भारतमा नौलो प्रकारको होष्टल बनाउने योजना ल्याइएको छ । भारतको गुजरातस्थित महात्मा गान्धीको जन्मस्थल पोरबन्दरमा गाईका लागि विशेष प्रकारको सुरक्षित वासस्थान (होष्टल) निर्माण गरिने भएको छ । गुजरातमा निर्माण हुने यस्तो होष्टल सम्भवतः विश्वमै पहिलो हुने बताइएको छ । उक्त होष्टलमा मल्घारिजहरु (गाईपालन गर्ने समुदाय)को स्वामित्वमा रहेका गाईवस्तु राखिनेछ । गाईवस्तुलाई सडक तथा भीडभाडको जोखीमबाट टाढा र सुरक्षित राख्न होष्टल उपयुक्त हुने पनि विश्लेषण गरिएको छ ।

कुल १ हजार २ सय हेक्टर क्षेत्रफलमा निर्माण गरिने उक्त होष्टल विभिन्न प्रजातिका करीब १० हजार गाईवस्तुको आश्रयस्थल हुने अनुमान गरिएको छ । ‘यस परियोजनामा कसरी अगाडि बढ्ने भनेर सल्लाह लिन हामीले एउटा सल्लाहकार पनि नियुक्त गरेका छौं र केही महीनामा त्यहाँ ‘भूमिपूजन’ गरेर परियोजनाको काम अघि बढाउने छौं,’ गुजरात गौसेवा आयोग (जीसीपीबी)का अध्यक्ष डा. वल्लभ कथिरियाले भने । त्यसैगरी सो स्थानमा गाई अनुसन्धान र विकास केन्द्र पनि स्थापना गर्ने र जैविक मलखाद उत्पादन केन्द्र पनि निर्माण गरिने बताइएको छ । ‘गाईको गोबरबाट ४५ दिनमा जैविक मल उत्पादन गर्न सकिन्छ, जसले शून्य लागतमा कृषिलाई बढावा दिन पनि सहयोग पुर्‍याउँछ,’ कथिरियाको भनाइ छ । त्यस मलखादबाट युरिया, डीएपीलगायत रासायनिक मलको आयात घटाउनुका साथै भारतले मलका लागि पाउने सहुलियतमा वार्षिक डेढ करोड रूपया बचत हुन सक्ने उनले बताएका छ । हाल भारतमा युरिया अथवा डीएपी मलको भाउ प्रतिबोरा १ हजार ३ सय रूपया छ भने गाईको गोबरबाट बनेको मल भने प्रतिबोरा ३ सय रूपयामै पाइन्छ ।

गाई होष्टल निर्माणका लागि चाहिने जग्गा उपलब्ध गराउन गुजरातका जिल्ला अधिकारीहरुसँग जीसीपीबीको सञ्चालक समितिको वार्ता भइरहेको पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका कथिरियाले बताएका छन् । गुजरात सरकारले चालू आर्थिक वर्षको बजेटको २० करोड रूपया यस परियोजनाका लागि छुट्ट्याएको बताइएको छ । त्यस्तै, गाईलगायत अन्य पशुका लागि प्रशस्त चरण क्षेत्रको व्यवस्था गर्न पनि समिति प्रतिबद्ध रहेको बताइन्छ । हरेक गाउँमा ५० हेक्टर क्षेत्रफलको चरण मैदान उपलब्ध गराउने आफ्नो मुख्य लक्ष्य रहेको कथिरियाको भनाइ छ । गाइवस्तुको सुरक्षालाई बढावा दिन समितिले राज्य सरकारको सहयोगमा आगामी डिसेम्बर २० देखि अहमदावादमा तीनदिने ‘गाई महोत्सव’ आयोजना गर्ने भएको छ । भारतमा गाईवस्तुको सुरक्षाका लागि कडा कानून भएको गुजरात एकमात्र राज्य हो । यसैकारण पछिल्लो दशकमा त्यहाँ गाईको सङ्ख्या ७० लाखबाट १ करोड पुगेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)