ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्रामीण सडकमा समस्यै समस्या

Aug 6, 2019  
यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । रुकुमको भूमे गाउँपालिका–६, महतबाट दोमै जोड्ने पुल बने पनि मापदण्डअनुसारको सडक नहुँदा गाडी चल्न सकेका छैनन् । रोल्पाको थबाङदेखि रुकुम पूर्वको भूमे गाउँपालिका हुँदै पुथाउत्तरगंगा गाउँपालिकाका दुर्गम बस्ती जोड्ने सडक गलत डिजाइनमा बन्दा सवारीसाधन चल्न नसकेका हुन् । 

भिरालो ठाउँमा नजीक नजीक धेरै मोडले सवारीसाधन सञ्चालनमा जोखिम भएको चालकहरूको गुनासो छ । साथै वर्षेनि पहिरोले अवरुद्ध हुँदा यात्रुहरू मर्कामा पर्दै आएका छन् । ट्र्याक खोलिएको २ वर्ष बितिसक्दा समेत सडक मर्मत गरिएको छैन ।

स्थानीयले आ–आफ्नो जग्गा पर्ने ठाउँबाट सडक बनाउन लगाउँदा समस्या आएको बताइएको छ । ‘सडक गलत डिजाइनमा बनेकै कारण समस्या देखिएको हो,’ जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओलीले भने । गाउँभन्दा तलबाट लगेर दोमै जोड्ने भनिएको सडकमा धेरै मोड बनाउँदा गाडी चल्न नसकेको उनको भनाइ छ । 

२०७१ सालमै सडकको ट्र्याक खोलिएको थियो । अनुमानित ४ किलोमिटर क्षेत्रमा हरेक वर्ष पहिरो झर्ने गरेको छ । ५ वर्षअघि निर्मित सडकमा अझै गाडी नचल्नु विडम्बना भएको स्थानीय पतिराम बुढामगरले बताए । यसअघि बनाइएको सडकमा गाडी नगुड्ने भए अर्को क्षेत्रबाट भए पनि सडक बनाउनुपर्ने उनको भनाइ छ । भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले सडक सञ्चालनमा ल्याउन मर्मत सुधार गरिने बताए । एक–दुई मोड सुधार गरेपछि सडकमा गाडी गुड्न सक्ने अध्यक्ष बुढामगरको भनाइ छ । स्थानीयवासी, शहीदमार्ग सडक आयोजना र निर्माण कम्पनीसँगको समन्वयमा सडक सञ्चालनको पहल गरिने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)