ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतमा किया सेल्टोस फेसलिफ्ट कार सार्वजनिक, ३२ प्रकारका सुरक्षा सुविधा !

२०८० असार, १९  
यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

भारत । किया इन्डियाले भारतमा मध्यम आकारको SUV Seltos को फेसलिफ्टेड संस्करण सार्वजनिक गरेको छ । नयाँ कार प्यानोरामिक सनरुफ, एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम लेभल टु (एडीएएस-२) र ३२ भन्दा बढी सुरक्षा सुविधाहरूसहित आउने जनाइएको छ ।

यसबाहेक कारको बाहिरी डिजाइन र भित्री भागमा केही परिवर्तन गरिएको छ । Seltos फेसलिफ्टको लागि बुकिङ जुलाई १४ मा शुरू हुनेछ । कम्पनीले कारको मूल्य भने अझै खुलाएको छैन । कारको शुरु मूल्य भारतीय १० लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।

कार तीन भेरियन्ट एक्स-लाइन, जीटी-लाइन र टेक-लाइनमा उपलब्ध छ । कारमा ८ कलर र २ डुअल टोन कलर विकल्प हुनेछन् । मध्यम आकारको एसयूभी सेग्मेन्टमा यसले मारुती ग्रान्ड भिटारा, हुन्डाई क्रेटा, स्कोडा कुशाक, टोयोटा हाइराइडर, फक्सवागन टिगुन, एमजी एस्टर र सिट्रोन सी-३ एयरक्रससँग प्रतिस्पर्धा गर्नेछ ।

किया सेल्टोस फेसलिफ्ट 

सेल्टोसमा १८ इन्चको ह्वील, डुअल जोन क्लाइमेट कन्ट्रोल, एलईडी लाइट, भेन्टिलेटेड सिट, वायरलेस चार्जिङलगायत सुविधा रहेको कम्पनीको दाबी छ । २०२३ किया सेल्टोस फेसलिफ्टले सिमलेस डुअल डिस्प्ले पाउनेछ, एउटा इन्फोटेनमेन्टको लागि र अर्को इन्स्ट्रुमेन्ट क्लस्टरको लागि । 

किया सेल्टोस फेसलिफ्ट : बाहिरी डिजाइन 

कोरियन कम्पनीले चार वर्षपछि सेल्टोस अपडेट गर्दैछ । हालको मोडलको तुलनामा २०२३ किया सेल्टोसमा धेरै परिवर्तन गरेको छ । टिजरले कारको ORVM पछि अगाडि प्रोफाइलमा नयाँ डिजाइन गरिएको ग्रिल र आकर्षक देखिने LED डेटाइम रनिङ ल्याम्पहरू (DRLs) रहेको छ। 

किआ सेल्टोस फेसलिफ्ट : इन्टेरियर डिजाइन सेल्टोस फेसलिफ्टको केबिनले नयाँ जडान भएको डुअल डिजिटल डिस्प्ले सेटअप छ, जसमा इन्फोटेनमेन्ट प्रणाली र सबै नयाँ डिजिटल कलर TFT इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । यसको स्टेयरिङ ह्विल हालको मोडल जस्तै देखिन्छ तर नयाँ सेन्ट्रल एसी भेन्टमुनि रहेको डुअल जोन क्लाइमेट कन्ट्रोल युनिटको डिजाइन परिवर्तन गरिएको छ । यसबाहेक, कार अब डुअल प्यानोरामिक सनरुफले सुसज्जित हुनेछ ।

किया सेल्टोस फेसलिफ्ट : इन्जिनमा विकल्प 

2023 Seltos हालको मोडेल जस्तै १.५ लिटर ४ सिलिन्डर पेट्रोल र डिजेल इन्जिनद्वारा संचालित हुनेछ । यो इन्जिनले पेट्रोलमा ११५ पीएस र डिजेलमा ११६ पीएस पावर उत्पादन गर्छ । ट्रान्समिसनका लागि पेट्रोल इन्जिनमा ६ स्पीड एमटी र सीभीटी अटोमेटिक गियरबक्स उपलब्ध छ भने डिजेल इन्जिनमा ६ स्पीड आईएमटी र ६ स्पीड एटी गियरबक्सको विकल्प मात्र उपलब्ध हुनेछ ।

कारले १.४ लिटर टर्बो पेट्रोल इन्जिनको सट्टा किआबाट प्राप्त १.५ लिटर टर्बो पेट्रोल इन्जिन पनि पाउनेछ, जसले १६० पीएस पावर र २५३ एनएम टर्क जेनेरेट गर्छ । यस इन्जिनमा ६ स्पीड आईएमटी र ७ स्पीड डीसीटी गियरबक्स उपलब्ध हुनेछन्।

२०२३ किया सेल्टोसका सुविधाहरू 

यसमा स्वायत्त आपतकालीन ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइन्ड स्पट पत्ता लगाउने जस्ता थप कुराहरू समावेश हुन सक्छन् । ६ एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, एबीएस विथ ईबीडी, ट्र्याक्सन कन्ट्रोल, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल, चाइल्ड आईएसओफिक्स एन्कोरेज जस्ता अन्य सुरक्षा सुविधाहरू पनि उपलब्ध छन् । यसका अलावा कारमा पहिलेजस्तै भेन्टिलेटेड फ्रन्ट सिट, एम्बियन्ट लाइटिङ र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता सुविधाहरू पनि उपलब्ध हुनेछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)