चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी खुलेको छ ।
पहिरो पन्छाएपछि आज सांँझ ५ बजेर ५५ मिनेटमा दुुईतर्फी रुपमा खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
शनिjfर सांँझ ५ बजे ईच्छाकामना वडा नम्बर ५ स्थित तीन नम्बर पुलमा पहिरो खसेको थियो ।
दुईओटा लोडर र एउटा एस्काभेटरले पहिरो पन्छाएर सडक दुईतर्फी खुलाईएको ट्राफिक प्रहरी चितवनका प्रमुख राजकुमार तामाङ्गले जानकारी दिए ।
पहिरो हटाएपछि दुईतर्फी रहेका सवारी साधनलाई गन्तव्य तर्फ पठाइएको उनले बताए । सोही स्थानमा गत बिहीवारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।