ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घट्यो हवाई भाडा : विराटनगर-नेपालगञ्जको सबैभन्दा धेरै घट्यो, सिमराको सबैेभन्दा कम

२०८० असार, ६  
समाचार यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले आज हवाई यात्राको भाडा घटाएको हो । 

क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा ५४० रुपैयाँले घटेको छ भने सबैभन्दा कम काठमाडौँ–सिमराको भाडा ९० रुपैयाँले घटेको छ ।

यसैगरी काठमाडौँ–भद्रपुरको ३०० रुपैयाँ, काठमाडौँ–विराटनगरको २४० रुपैयाँ, काठमाडौँ–धनगढीको ४४५ रुपैयाँ, काठमाडौँ–नेपालगञ्जको ३२५ रुपैयाँ, काठमाडौँ–भैरहवाको २१० रुपैयाँ र काठमाडौँ–सुर्खेतको भाडा ३४५ रुपैयाँले घटेको छ ।

मङ्गलबार नेपाल आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर १० रुपैयाँले घटाएको थियो । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)