ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

होटलमा बस्ने पाहुनालाई हीराको औंठी !

Dec 22, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

होटलमा पाहुनालाई आकर्षित गर्न केही छूट दिने प्रचलन त हामी सबैले सुन्दै आएका छौं । तर, अमेरिकाको न्यूयोर्कस्थित एक होटलले भने बास बस्न आउने पाहुनालाई हीराको औंठी नै दिने अनौठो प्याकेज ल्याएको छ ।

न्यूयोर्क सिटीमा रहेको ‘न्यूयोर्क प्यालेस होटल’मा बस्न आउने सबै पाहुनाले हीराको औंठी पाउने बताइएको छ । त्यस होटलमा प्रतिरात बास बसेको मूल्य भने २५ हजार डलर छ । र, त्यसबापत होटलले पाहुनालाई अन्य आतिथ्यसहित हीराको औंठी पनि प्रदान गर्ने सम्झौता रहेको बताइएको छ । अन्य होटलले जस्तो पाहुनालाई स्याम्पेन, फलफूलको टोकरी तथा चकलेट दिनुको साटो न्यूयोर्क प्यालेसले भने औंठी दिने प्याकेज ल्याएको बताइन्छ । यस योजनाअनुरुप होटलले २५ हजार डलर मूल्य पर्ने हीराको औंठी दिनेछ । त्यस्तै, सो औंठीको डिजाइन प्रख्यात ज्वेलरी डिजाइनर मार्टिन केजले गर्ने बताइएको छ । सो होटलको कोठा पनि ज्वेलरी विषयसँग सम्बन्धित रहेको बताइएको छ । त्यहाँ पुग्नासाथ पाहुनाले होटलको प्रमुख थिमबारे थाहा पाउने बताइन्छ ।

निकोल किड्म्यान, एञ्जेलिना जोली, स्याण्ड्रा बुलकजस्ता हलिउड कलाकारका लागि गहना तयार पारिसकेका डिजाइनर केजले होटलको कोठाको सजावट पनि हीरासँग सम्बन्धित रहेर गरेको बताइएको छ । त्यो कोठामा ‘पोर्ट लरेण्ट’ पत्थरको भूइँमा एउटा ठूलो पियानो राखिएको छ । त्यस्तै, त्यहाँ हीराको झरनाजस्तो झल्को झुमर पनि राखिएको छ । त्यतिमात्र नभई पूरै कोठाभरि केजले तयार पारेका हीराका गहनाहरु राखिएका छन् । यी सबै चीज त्यहाँ आउने पाहुनालाई होटलको थिमबारे अवगत गराउन पर्याप्त भएको बताइएको छ । होटलको दोस्रो तलामा एउटा ठूलो बेडरुम रहेको छ । त्यस बेडरुमलाई चाँदी तथा मखमलले सजाइएको छ भने त्यहाँ राखिएका कुर्सीहरु पनि कुनै कलाकारिताभन्दा कम छैनन् । उता, होटलको तेस्रो तलामा भने चिम्नी, निजी आउटडोर छत र स्पालगायत सुविधाहरु राखिएका छन् । यदि कसैलाई ५० हजार खर्च गर्न प्याकेज चाहिएको छ भने त्यसको व्यवस्था पनि होटलले गरिदिएको छ । यसअन्तर्गत पाहुनाले छतमा बसेर रात्रिभोजन गर्दै केजसँग कष्टम डिजाइन औंठीको परामर्श पनि गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै, होटलले १० जना पाहुनाका लागि स्याम्पेन र डिनरको पनि व्यवस्था गरेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)