ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खोलियो भ्यू टावर–थामी संग्रहालय हाइकिङ ट्रयाक 

Aug 13, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नवराज शिवाकोटी

दोलखा । भीमेश्वर नगरपालिकाको वडा नं. १ मा निर्माणाधीन थामी राष्ट्रिय संग्रहालय तथा वडा नं. ६ स्थित भ्यू टावर जोड्ने ‘हाइकिङ रूट’को ट्रयाक खोल्ने काम सकिएको छ । गत आर्थिक वर्ष (आव) २०७५/७६ मा नगरपालिकाको रू. १५ लाख अनुदानमा उक्त ट्रयाक खोल्ने तथा केही भागमा सिँढी निर्माण गर्ने काम सम्पन्न भएको हो ।

हाइकिङ रूटको लम्बाइ एक हजार ४३५ मिटर रहेको भ्यू टावर–थामी राष्ट्रिय संग्रहालय हाइकिङ रुट निर्माण उपभोक्ता समितिका अध्यक्ष शक्तिमान थामीले बताए । हाइकिङ रूटमा २ मिटर चौडा १८५ मिटर लामो सिँढीसमेत निर्माण गरिएको छ । बाँकी भागमा तत्काल हिँड्नका लागि मिल्ने गरी काठ तथा माटोको अर्थन स्टेप (काठ तथा माटोको सिँढी) निर्माण गरिएको उपभोक्ता समितिले बताएको छ ।

चालू आवमा पनि उक्त योजनाका लागि भीमेश्वर नगरपालिकाले रू. १० लाख विनियोजन गरेको छ । विनियोजित बजेटबाट हाइकिङ रूटको बाँकी भागको स्तरोन्नति गरिने भीमेश्वर नगरपालिकाका प्राविधिक नकुल श्रेष्ठले बताए । भीमेश्वर नगरपालिकाको आकर्षक पर्यटकीय गन्तव्य भ्यू टावरबाट थामी राष्ट्रिय संग्रहालय, भूमेथान हुँदै कुथलीसम्म हाइकिङ रूट बनाउन नगरपालिकाले क्रमागत रूपमा बजेट विनियोजन गर्दैआएको छ । 

थामी जातिको कला संस्कृति एकै स्थानमा अध्ययन गर्न सकिने गरी थामी जातिका आद्यपुस्ता यापती सोनारीले बसोवास गरेको भीमेश्वर नगरपालिका वडानम्बर १, को राङराङथलीमा राष्टिय थामी संग्रहालय निर्माणाधिन छ ।

हाइकिङ रुटको निर्माणपछि भीमेश्वर नगरपालिका वडानम्बर एकको पर्यटन प्रवर्धनमा ठोस योगदान पुग्ने वडानम्बर एक का वडाध्यक्ष विरबहादुर थामीको आशा छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)