ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लाम्पाटा–दरबाङ सडकको स्तरोन्नति शुरू

Aug 20, 2019  
यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेन दरबाङ सडक खण्डअन्तर्गत लाम्पाटादेखि दरबाङसम्म स्तरोन्नति एवं कालोपत्रको काम शुरू भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक नमूना सडक’ कार्यक्रम अन्तर्गत मंगला गाउँपालिकाको लाम्पाटादेखि र मालिका गाउँपालिकाको दरबाङसम्म सडक कालोपत्र गर्न लागिएको हो ।

बिरुवा क्याराभान निर्माण कम्पनीले ठेक्का पाएको उक्त योजनाको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले गत बिहीवार शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा उनले गुणस्तरीय कामसहित तोकिएको समयमा योजना सम्पन्न हुने विश्वास व्यक्त गरे । ‘योजना निर्माण सम्पन्न भएमा पश्चिम क्षेत्रको विकासको ढोका खुल्नेछ,’ उनले भने । यसैगरी गाउँपलिका उपाध्यक्ष खरमाया बिटालुले योजना निर्माण सम्पन्न भएमा पश्चिम क्षेत्रका सर्वसाधारणलाई आवतजावतमा सहज हुने बताइन् । उक्त योजनाको रू. २२ करोड लागत अनुमान गरिएको छ पूर्वाधार विकास कार्यालय, म्याग्दीका सिनियर डिभिजन इन्जिनीयर ओमराज ढुंगानाले जानकारी दिए ।

६ दशमलव ८ किमी रहेको उक्त सडक स्तरोन्नतिको काम २४ महीनामा सक्ने सम्झौता भएको छ । बेनीदेखि बाबियाचौरसम्म १६ दशमलव २ किमी र गलेश्वर–पिप्ले–भगवती ८ किमी सडक कालोपत्र योजना समेत शुरू भएको इन्जिनीयर ढुंगानाले जानकारी दिए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)