ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भेहिकल ट्र्याकिङ र सामाजिक सुरक्षा कोष ; ‘उद्योगी व्यवसायीलाई निरुत्साहित पार्ने प्रयास’

Aug 21, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवन एवं नवलपरासीका उद्योगी व्यवसायीले सरकारले उद्योगी व्यवसायीलाई निरुत्साहित पार्न भेहिकल ट्र्याकिङ सिस्टम (मालवस्तु ढुवानीका साधन अनुगमन प्रणाली) र सामाजिक सुरक्षा कोष लागू गरेको टिप्पणी गरेका छन् । चितवन उद्योग संघको आयोजना र राजस्व अनुसन्धान विभागको समन्वयमा मंगलवार भरतपुरमा आयोजित ‘भेहिकल ट्र्याकिङ सिस्टम र सामाजिक सुरक्षा कोष’ विषयक तालीमका सहभागी उद्योगी व्यवसायीले यस्तो गुनासो गरेका हुन् । सरकारले पूर्वयोजना र सघन छलफलविना नै यो प्रणाली लागू गरेको उनीहरूको आरोप छ ।

कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले अन्डरबिलिङको समस्या, दक्ष कामदारको अभाव, उनीहरूको न्यूनतम पारिश्रमिक भुक्तानी एवं सामाजिक सुरक्षा कोषसम्बन्धी व्यवस्थाले उद्योग व्यवसाय चलाउन सकस भएको बताए । ‘दक्ष कामदार अभावले विदेशबाट ल्याउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘यस्तो अवस्थामा सरकारले लागू गरेको प्रणाली अवलम्बन गर्न सकिने अवस्था छैन ।’ 

भेहिकल ट्र्याकिङ सिस्टम वैज्ञानिक र व्यावहारिक भएको दाबी गरिए पनि प्रशस्त गृहकार्य र उद्योगी व्यवसायीलाई अभिमुखीकरण नगराई लागू गराउँदा अन्योल भएको अर्का व्यवसायी पुरुषोत्तम रिजालले बताए । विभागले बनाएको एप्स नै अपूर्ण र अव्यवस्थित रहेको उनको बुझाइ छ । विक्रेताले आप्mनो सामान लोड गरेपछि त्यसको अवस्थाबारे जानकारी लिन सक्ने एप्सको खाँचो रहेको उनले औंल्याए । 

कार्यक्रममा विभागका निर्देशक रामप्रसाद रेग्मीले यो प्रणाली उद्योगी व्यवसायीलाई निरुत्साहित गर्न नभई पारदर्शी र व्यवस्थित बनाउन ल्याइएको बताए । ‘शुरुआती चरणमा केही बाधा र समस्या आउन सक्छ,’ उनले भने, ‘यसलाई सुधार्दै लैजान्छौं ।’ यस्तै सामाजिक सुरक्षा कोषकी निर्देशक रमा भट्टराईले यो अभ्यास नयाँ भएकाले पूर्ण कार्यान्वयनमा आइनसकेको बताइन् । सामाजिक सुरक्षा कोष रोजगारदाता र रोजगारी पाउने दुवैको हितमा रहेको उनको भनाइ थियो । उद्योगी व्यवसायीले ज्यालादारी मजदूर र विदेशी कामदारको हकमा आपूmहरू यो प्रणालीमा जान असक्षम रहेको बताएका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)