ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यतीको भरतपुर– पोखरा–भरतपुर उडान शुरु

Sep 1, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

भदौ १५, चितवन । यती एयरलायन्सले आइतवार(आज)देखि पोखरा –भरतपुर उडान शुरु  गरेको  छ ।

एयरलाइन्सका भरतपुर शाखाका प्रबन्धक अनुप ढकालका अनुसार यतीको जहाज आइतवार बिहान १०ः५० मा पोखराबाट भरतपुर र भरतपुरबाट ११ः३० बाट पोखरा उडान  गर्ने छ  । 

पहिलो दिन मौसम अनुकुल नभएका कारण भरतपुर आइपुग्न केहि समय लाग्ने श्रोतले बताएको छ । ३० सिट क्षमताको उक्त जेडस्टिम जहाज हालका लागि एक उडान मात्र गर्ने  उनले बताए । 
उक्त  उडानका लागि १२ देखि १३ मिनेट समय अवधि लाग्ने उनले बताए ।

पोखरा –भरतपुर  उडानका लागि प्रतियात्रु रू.२ हजार ५०० भाडादर कायम कायम गरिएको  छ ।  कम्पनीको सेवा विस्तार, नेपाल भ्रमण वर्ष २०२० लक्षित गर्दै दुई पर्यटकीय स्थल जोड्न  उडान शुरु गरिएको हो ।

यसअघि बुद्ध एयरको जहाजले एउटा उडान गर्दै आएको थियो ।  भरतपुर–पोखरा हाल बुद्ध एयरले उडान गर्दै आएको छ ।

सो एयरलायन्सले एकतर्फी भाडा रू.३ हजार ८०० लिने गरेको छ । यती एयरलायन्सले हाल भरतपुर–काठमाडौं भने दैनिक चार ओटा उडान गर्दै आएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)