ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उपल्लो मुस्ताङमा बाह्रैमास यातायात सञ्चालन हुँदै

Sep 3, 2019  
यातायात
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । मुस्ताङको लोमान्थाङसम्म अब बाह्रै महीना यातायातका साधन चल्ने भएका छन् । उपल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङस्थित मुस्ताङ गेटको कालीगण्डकी मोटरेबल पुल निर्माण सकिएर सोमवारदेखि सञ्चालनमा आएको छ । यससँगै उपल्लो मुस्ताङमा काठमाडांै, पोखरा, बेनी लगायत ठाउँबाट बाह्रैमास लोमान्थाङ पुग्न सकिने भएको हो ।

निर्माणाधीन पुललाई गत साउनमा कालीगण्डकीको बाढीले क्षति पुर्‍याएपछि निर्माण अवधि लम्बिएको थियो । पुलको संरचना निर्माण भएपछि तीनओटा डोजर परिचालन गरी १२ दिनमा पुलको दुईतर्फी ट्र्याक खोलिएको कोरिडोर सडक आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए ।

उपल्लो मुस्ताङ जोड्ने कालीगण्डकी पुल सञ्चालनमा आएपछि कोरला नाका र उपल्लो मुस्ताङ जाने सवारीसाधनलाई सहज भएको यातायात व्यवसायीले बताएका छन् । पक्की पुल बनेकाले अब नियमित र निर्बाध सवारीसाधन उपल्लो मुस्ताङ जान सक्ने मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताए ।

अध्यक्ष तुलाचनका अनुसार मुस्ताङ गेटको पुल र लुप्रापान्डा खोला पुल सञ्चालनमा आए पनि कागबेनीमा निर्माणाधीन २५ मिटर लामो पुल सम्पनन गर्न भने ढिलाइ भएको छ । मुस्ताङ गेटमा सञ्चालनमा आएको पक्की पुलको काम लोकल रोड ब्रिज प्रोग्राम (एलआरबीपी)ले २०७१ सालमा शुरू गरेको हो । रू. ४ करोड ७३ लाख लागत रहेको उक्त पुलको लम्बाइ ७६ मिटर छ । सोमवार कालीगण्डकी कोरिडोर, स्थानीय जनप्रतिनिधि र मुस्ताङ प्रशासनका पदाधिकारीको उपस्थितिमा पुलको उद्घाटन गरिएको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)