ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘भरतपुर विमानस्थल विस्तार एक हप्ताभित्र काम अघि बढाइँदै

Sep 5, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । पर्यटन, संस्कृति एवं नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थल विस्तारको विकल्प नरहेको बताएका छन् । भरतपुरमा बुधवार आयोजित ‘भरतपुर विमानस्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तक्रिया’ कार्यक्रममा उनले एक हप्ताभित्र उक्त विमानस्थलको विस्तार र काम स्तरोन्नतिको काम अघि बढाइने जानकारी दिए । यसका लागि विमानस्थल उत्तरपट्टि रहेको सेनाको ब्यारेक तथा घोडा प्रजनन केन्द्र स्थानान्तरण र दक्षिणतर्फका संरचना हटाउनुपर्ने उनले औंल्याए । विमानस्थल विस्तारका लागि पर्यटन मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानसेनापति, प्रदेशस्तरीय मन्त्रीहरूबीच छलफल गरेर अघि बढिने मन्त्री भट्टराईले बताए ।

कार्यक्रममा सेनाका क्षेत्र नं तीनका मध्य पृतनापति ताराध्वज पाण्डेले विकासका लागि नेपाली सेना बाधक नहुने बताए  । विमानस्थल विस्तारका लागि प्राविधिक समिति बनाएर अघि बढ्न उनले सुझाव दिए  । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले विमानस्थल यथाशीघ्र विस्तार गर्नुपर्नेमा जोड दिए  । ‘यसका लागि अब केन्द्र, प्रदेश तथा स्थानीय सरकार र प्राविधिक समितिको सहकार्यमा कार्ययोजनामा जानुपर्छ,’ उनले भने । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विमानस्थल विस्तारमा सम्भावित चुनौतीको व्यवस्थापन मुख्य विषय भएको बताए । यस्तै भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले भरतपुरको बढ्दो शहरीकरण र जनघनत्वसँगै विमानस्थल विस्तारको आवश्यकता रहेको बताइन्  । कार्यक्रममा भरतपुर विमानस्थलका प्रमुख पवन गौतमले विमानस्थलको चुनौती, वर्तमान अवस्था र सम्भावनाका बारेमा जानकारी दिएका थिए  । सोही अवसरमा नागरिक उड्डयन प्राधिकरणका निर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले उक्त विमानस्थलमा रात्रिकालीन उडानका लागि न्यूनतम १ हजार ६ सय ४२ मिटर धावनमार्ग हुनुपर्ने बताए । विमानस्थलमा अहिले १ हजार २ सय मिटर मात्र धावनमार्ग छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)