ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सार्वजनिक यातायातमा पहिलो पटक विद्युतीय बस चल्ने, सोमवार गौशालाबाट उद्घाटन

Sep 8, 2019  
समाचार यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

भदौ २२, काठमाडौं । काठमाडौं उपत्यकामा पहिलोपटक सार्वजनिक यातायातको रूपमा विद्युतीय बस चल्ने भएका छन् । सोमवारदेखि सुन्दर यातायात प्रालिले चिनियाँ कम्पनी बिएकेले उत्पादन गरेका बीएके ब्राण्डका ४० सिट क्षमताका बस चलाउन लागेको हो ।

कम्पनीले ७ ओटा बस सञ्चालन गर्ने तयारी गरेपनि हाललाई ४ बस मात्रै चल्नेछन् । सोमवार उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले गौशाला चोकमा बसको उद्घाटन गर्नेछन् । उद्घाटनपछि सोमवार दुईओटा बस चाबहिल र दुईओटा बस एयरपोर्ट हुँदै चक्रपथमा चल्ने कम्पनीका अध्यक्ष भेष बहादुर थापाले बताए । सुन्दर यातायातका बसहरु चक्रपथ परिक्रमा, नारायणथान–मेडिसिटी अस्पताल, गोंगबु–सल्लाघारी र ढुंगेअड्डा–जोरपाटी गरी चार ओटा रुटमा चल्नेछन् । बाँकी तीन बस अन्य रुटमा चल्ने र रुट पर्मिटको काम भइरहेको उनले बताए ।

कम्पनीले चार्जिङ स्टेशन र करसहित प्रतिबस रू. १ करोड ६५ लाख लागतमा बस खरीद गरेको हो । कम्पनीले बीएकेकै लगानीमा बस सञ्चालनका लागि सकेधारा, सितापाइला र चाबहिलमा चार्जिङ स्टेशन निर्माण गरेको छ । कम्पनीले गत सातादेखि चार्जिङ स्टेशन सञ्चालनमा ल्याइसकेको छ ।

आगामी १ महीनामा थप ११ र त्यसपछि सातओटा थपी यही वर्षभित्र कम्पनीले २५ ओटा बस सञ्चालन गर्ने योजना बनाएको छ । अध्यक्ष थापाकाअनुसार बसमा कार्डमार्फत यात्रा गर्न सकिने छ भने गाडी भाडा अन्य बसभन्दा २५ प्रतिशतसम्म सस्तो हुनेछ ।

यसअघि २०७५ कात्तिक ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बिवाईडीका पाँचओटा विद्युतीय बसको उद्घाटन गरेका थिए । यद्यपि, ती बस सञ्चालनमा आएका छैनन् । एशियाली विकास बैंक (एबीडी)को आर्थिक सहयोगमा पर्यटन मन्त्रालयअन्तर्गत ल्याइएका ती बसमा प्राविधिक त्रुटी देखाउँदै सरकारले ती बस सञ्चालन गरेको छैन । बस अहिले कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता सिमेक्स इन्क प्रालिको ग्यारेजमा थन्किएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)