ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टर्की पालनमा रमाउँदै शिवकुमार

Sep 10, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । जिल्लाको शैलुङ गाउँपालिका–३, काटाकुटीका किसान शिवकुमार श्रेष्ठको दिनचर्या टर्कीको स्याहार सुसारमै बित्छ । परीक्षणको रूपमा टर्की पाल्न शुरू गरेका श्रेष्ठले टर्की फस्टाएपछि यसैलाई नै निरन्तरता दिएका छन् । वैदेशिक रोजगारीको क्रममा टर्कीको मासुको महŒव बुझेपछि नेपाल फर्किएर टर्की पालनलाई व्यवसायको रूपमा रोजेको उनको भनाइ छ ।

शैलुङमा टर्कीपालन सम्भव हुन्छ कि हुन्न भनी परीक्षणको रूपमा दुई सय टर्कीका चल्ला ल्याएर पाल्न शुरू गरेका श्रेष्ठले चल्लाहरू राम्रैसँग हुर्किएपछि यसको व्यावसायिक पालनतर्फ आकर्षित भएको बताए । टर्की पालनका लागि उनले रू. १५ लाख खर्च गरेर भौतिक संरचना निर्माण गरिसकेका छन् । ‘अब यहीँबाटै चल्ला उत्पादन गर्न मेशिन ल्याएको छु । हेचिङबाट एक पटकमा एक हजार चल्ला उत्पादन हुन्छ अब,’ उनले भने, ‘यहीँ चल्ला उत्पादन गरेपछि मासु प्रतिकिलो ८ सय र चल्ला ५ सय रुपैयाँमा दिन सकिन्छ ।’

हाल टर्कीका चल्लाको प्रतिगोटा ५५० तथा मासु प्रतिकिलो १ हजार रुपैयाँ बजार मूल्य रहेको छ । ललितपुरको खुमलटारबाट टर्कीपालन सम्बन्धी तालीम लिएका उनले शैलुङमा नमूना कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका छन् । फार्ममा टर्कीसँगै उनले लोकल कुखुरा, तित्रा, लौकाट र बटाई समेत पालेका छन् । पक्षी पालेपछि निस्केको फोहोर व्यवस्थापन गर्न माछापालन पनि उनले शुरू गरेका छन् । 

आफूले पालन गरेका पक्षीहरूलाई उनले ३० पतिशत दाना र ७० प्रतिशत घाँस दिने गरेका छन् । यसो गर्दा लागतमा कम भई नाफा हुन थालेको श्रेष्ठको अनुभव छ । वयस्क टर्कीको भालेको तौल १५–१६ किलोसम्मको हुन्छ । यस्तै पोथी टर्की भालेभन्दा सानो र ८ देखि १० किलो तौलसम्मको हुन्छ । 
टर्कीको भालेपोथीको पहिचान १२–१३ हप्ताको उमेरमा गर्न सकिन्छ । पोथीले ८–९ महीनादेखि फुल पार्न शुरू गर्छ । टर्कीको मासुमा चिल्लो तथा बोसोको मात्रा कम हुने भएकोले उच्च रक्तचाप, मधुमेह तथा एसिडजस्ता रोगका बिरामीलाई टर्कीको मासु उपयोगी मानिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)