ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किबी जोनको क्षेत्र विस्तार 

Sep 24, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी


दोलखा । चालू आर्थिक वर्षमा दोलखाको किबी जोनमा १८५ हेक्टरभन्दा बढी क्षेत्रफल थप समावेश हुने भएको छ । यो आर्थिक वर्ष मापदण्ड पुगेका किबी खेती गर्ने संस्था तथा व्यक्तिबाट आवेदन परी स्वीकृत भएका आवेदनअनुसार उक्त क्षेत्रफल समावेश हुने भएको हो । 

चालू आवका लागि किबी जोनमा समावेश हुन आवेदन गरेका व्यक्ति, व्यावसायिक फार्म तथा सहकारीबाट ४४ आवेदन परेकोमा मापदण्डभित्र पर्ने देखिएकोले सबैलाई समावेश गरिएको किबी जोन दोलखाका प्रमुख मोहनप्रसाद खतिवडाले बताए । गत आवसम्ममा १६० हेक्टर क्षेत्रफलमा खेती गरिरहेका ७५ कृषक समूह, फार्म तथा कृषक किबी जोनमा सामेल थिए । गत आवको र हाल किबी जोनमा सम्मिलित गरी अहिले ३४५ हेक्टरभन्दा बढी क्षेत्रफल समावेश भएको किबी जोन दोलखाले बताएको छ ।

चालू आवमा भीमेश्वर नगरपालिकाका २४, जिरी नगरपालिका ४, गौरीशंकर गाउँपालिकाका ७ शैलुङ गाउँपालिकाका ७ तथा कालिञ्चोक गाउँपालिकाका १ र विगू गाउँपालिकाका १ व्यावसायिक फार्म, सहकारी तथा व्यक्तिहरू किबी जोनमा समावेश भएको प्रमुख खतिवडाले बताए ।

किबी जोनमा समावेश फार्म, सहकारी तथा व्यक्तिहरूलाई चालू आवमा किबीका लागि थाँक्रा, सिँचाइ, नेट जाली, नमूना बगैंचा व्यवस्थापन, बारबन्देज लगायतका शीर्षकमा अनुदान उपलब्ध गराउनाका साथै आवश्यक प्राविधिक परामर्श उपलब्ध गराइने किबी जोन दोलखाले बताएको छ ।

उत्पादनशील क्षेत्रमा यो वर्ष प्रतिहेक्टर ५ दशमलव ३० मेट्रिक टन किबी फल उत्पादन हुने किबी जोन दोलखाको अनुमान छ । किबी फल अत्यन्त पोषिलो फल मानिन्छ, साथै यसबाट उच्च गुणस्तरको वाइन तथा जुससमेत बनाउन पनि सकिन्छ । किबी जोन दोलखाका अनुसार हाल दोलखामा ८ प्रकारका किबी फलकोे खेती हुँदै आएको छ । हेवार्ड, एलिसन, मन्टि, ब्रुण, रेड, एबोड, गोल्डेन, मिनी किबी जातका किबी फलको खेती भइरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)