ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अकबरे खुर्सानी कतार निकासी

Oct 1, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी


दोलखा । दोलखामा उत्पादन भएको अकबरे खुर्सानीलाई कतार निकासी गर्न थालिएको छ । भीमेश्वर नगरपालिका–६ मा रहेको भीमेश्वर अग्र्यानिक एग्रीकल्चर एन्ड रिसर्च प्रालिले उत्पादन गरेको अकबरे खुर्सानी कतार निकासी गर्न थालेको हो । 

यो वर्ष सो कम्पनीले उत्पादन गरेको ५८ केजी हरियो अकबरे खुर्सानी अल समन इन्टरनेशलन प्रालिमार्फत कतार निकासी गरिसकेको कम्पनीका अध्यक्ष भोला खतिवडाले बताए । खाडी क्षेत्रमा हरियो अकबरे खुर्सानीको ठूलो माग रहेको बुझिएकोले कतारमा ताजा अग्र्यानिक तरकारी निकासी गरिरहेको अल समन कम्पनीमार्फत खुर्सानी निकासी गर्न शुरू गरिएको खतिवडाको भनाइ छ । 

कम्पनीले हाल सय रोपनी क्षेत्रफलमा किबी, एभोकार्डो, लगायतका फलफूल तथा विभिन्न तरकारी खेती गरिरहेको छ । फलका बिरुवाले उत्पादन दिन लामो समय लाग्ने भएकोले बिरुवा हुर्कनु अगाडि बीचमा खालिरहेको जमीनमा रासायनिक मलको प्रयोग नगरी उत्पादन गरिएको अकबरे खुर्सानी विदेश निर्यात गर्न शुरू गरिएको कम्पनीले बताएको छ ।

खाडि क्षेत्रमा हरियो अकबरेको माग उच्च रहेकोे कम्पनीको दावी छ । स्थानीय बजारमा प्रतिकेजी ३ सय रुपैयाँभन्दा बढीमा विक्री हुने गरेको अकबरे खुर्सानी दोलखामा मात्र खपत नहुने भएकोले ठूलो परिमाणमा उत्पादन गर्न सके विदेश निर्यात गर्न सकिने सम्भावना देखिएको छ । आगामी दिनमा मुख्य तरकारी निर्यातकर्ता कम्पनी अल समनसँग सम्झौता गरी सर्वसाधारण किसानले उत्पादन गरेको अकबरे खुर्सानी पनि खरीद गर्ने योजना रहेको कम्पनीले बताएको छ ।

रातो भइन्जेल अकबरे खुर्सानी बोटमा राख्दा कीराको संक्रमण बढ्ने तर हरियोमा नै टिप्दा भने कीराले खासै दुःख नदिने तथा उत्पादन पनि छिटै हुने हुँदा हरियो अकबरेको व्यवस्थित रूपमा निकासी गर्न सके किसानलाई ठूलो लाभ मिल्न सक्ने कृषि प्राविधिकहरूको भनाइ छ । 

दोलखाका उच्च भूभाग बाहेक अन्यत्र प्रायः सबैतिर घरायसी प्रयोजनका लागि खेती गरिने अकबरे खुर्सानीको खेती उच्च पहाडदेखि गर्मी हावापानीमा समेत गर्न सकिन्छ । साधरणतया सबैखाले माटो अकबरे खुर्सानी खेतीका लागि उपयुक्त मानिए पनि पानी नजम्ने, दोमट तथा चिम्ट्याइलो माटो उपयुक्त 
हुने कृषि प्राविधिकहरूको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)