ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

योजना सम्झौता गर्न विकास शिविर प्रभावकारी

Oct 4, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नवराज शिवाकोटी


दोलखा । कालिञ्चोक गाउँपालिकाले सञ्चालन गरेको विकास शिविर प्रभावकारी देखिएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेका योजनाको सम्झौता लगायतका काम गर्न वडा–वडामा नै सञ्चालन गरेको हो । वडामा नै योजना सम्झौता गर्न पाउँदा आफूहरूलाई स्थानीय तहको केन्द्रमा पुग्नुपर्ने झन्झट नभएको कालिञ्चोक–१ का स्थानीयको भनाइ छ । 

वडामा नै योजना सम्झौतालगायतका काम हुँदा वडाका स्थानीयले गाउँमा नै सिंहदरबार आएको अनुभूति गरेको वडा नम्बर ९ का अध्यक्ष रामप्रसाद मैनालीले बताए । वडास्तरमा सञ्चालन हुने योजनाको सम्झौता वडा स्तरमा नै गरी घरदैलोमा नै सेवा पु¥याइने अवधारणाअनुसार विकास शिविर सञ्चालन गर्ने गाउँपालिकाले निर्णय गरेको कालिञ्चोक गाउँपालिकाका इन्जिनीयर नारायण शिवाकोटीले बताए । सानातिना योजनाको सम्झौता गर्न पालिका केन्द्र धाउँदा स्थानीयलाई सास्ती नहोस् भन्नका लागि शिविर सञ्चालन गरिएको उनको भनाइ छ । 

शिविरमा योजना सम्झौताका अतिरिक्त स्वास्थ्य जाँच र अपांगता परिचय पत्र वितरणलगायतका काम समेत गरिएको छ । भदौ अन्तिमदेखि शुरू गरिएको विकास शिविर अहिले वडा नम्बर ९ र १ मा सम्पन्न भइसकेको गाउँपालिकाले बताएको छ । विकास शिविर अन्तर्गत वडा नम्बर ९ मा २५ तथा वडा नम्बर १ मा १३ ओटा योजना सम्झौत सम्पन्न भएको गाउँपालिकाको भनाइ छ ।

शिविरमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहितका जनप्रतिनिधिहरू सहभागी भएका थिए । स्थलगत रूपमा नागरिकका गुनासो भए त्यसलाई पनि स्थानीय स्तरमै सुनुवाइ गरी फछ्र्योट गर्ने गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले बताए । 

कालिञ्चोकले शुरू गरेको विकास शिविरको अवधारण प्रभावकारी देखिएकोले अन्य स्थानीय तहलाई पनि यो प्रेरणाको स्रोत बन्ने उनको भनाइ छ । दशैंको समाप्तिपछि मंसिर १० भित्र बाँकी वडामा पनि विकास शिविर सञ्चालन गरिने गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले बताइन् । कालिञ्चोक गाउँपालिकामा ९ ओटा वडा छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)