ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जापानको योकोसुका शहर र भरतपुर महानगरबीच सहयोग आदानप्रदान सम्बन्धी सम्झौता

Oct 17, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असोज ३०, चितवन । जापानको योकोसुका शहर र चितवनको भरतपुर महानगरपालिकाबीच आपसी सहयोग आदनप्रदान सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बिहीवार भरतपुर महानगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र योकोसुका शहरका मेयर कात्सुआकी कमिजीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

योकोसुकाका मेयर कमिजीले गौतम बुद्धको देशमा आउन पाउँदा अत्यन्तै हर्षित भएको बताए । आफ्नो शहर र भरतपुर महानगरपालिकाको बीचमा भौगोलिक समानता भएको आफूले महसूस गरेको उनले बताए । आफ्नो शहरमा समुन्द्र, पहाड र समथर भू–भाग रहेको र औद्योगिक विकाससँगै पर्यटनको क्षेत्रमा अग्रणी रहेको बताउँदै भरतपुरबाट सिकेर आफ्ने शहरमा केही नयाँ अनुसरण गर्ने बताए  । भरतपुरलाई आफ्नोतर्फबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै बिहीवार सम्पन्न दुई पक्षीय सहयोग आदनप्रदान सम्बन्धी सम्झौता कोसेढुंगा हुने बताउँदै यसका आधारमा आगामी दिनमा भगिनी सम्बन्ध कायम गर्ने प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुई शहरबीच भगिनी सम्बन्ध कायम गर्ने प्रस्तावको हार्दिक स्वागत गर्दै यसलाई छिटै मूर्तरुप दिन कानूनी र प्रक्रियागत तयारी पूरा गरिने प्रतिबद्धता व्यक्त गरिन् । ‘जापान र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध धेरै लामो छ र पछिल्लो समयमा यो थप प्रगाढ हुँदै गइरहेको छ । मित्र राष्ट्र जापान नेपालको एक असल मित्र हो । मित्रराष्ट्र जापानसँग दौत्य सम्बन्ध भएदेखि नै जापानले नेपालको आर्थिक, सामाजिक, पूर्वाधार विकासका साथै साँस्कृतिक सम्बर्द्धनको क्षेत्रमा उल्लेख्य र नेपाली जनताको मन छुने सहयोग गरिरहेको छ,’ नगरप्रमुख दाहालले भनिन् । भरतपुर महानगर नव निर्माणको प्रक्रियामा रहेको र स्वास्थ्य, शिक्षा, पर्यटन एवम् कृषिको क्षेत्रमा अग्रणी रहेको बताउँदै उनले भनिन्, ‘हामी यस महानगरपालिकाको समग्र विकासलाई योकोसुका शहरसँग सहकार्य गरेर विकास निर्माण र समृद्धिमा एकले अर्कोसँग सहकार्य गरेर अगाडी बढ्न चाहन्छौं ।’

हस्ताक्षर कार्यक्रममा चितवन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोखरेल, प्रदेस सभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्याय, महानगरपालिकाका महाशाखा प्रमुखहरू, जापानी प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहेको थियो ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)