ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा आइतवारबाट बाख्रा विज्ञ सम्मेलन, १७ देशका ३०० जनाको सहभागिता हुँदै

Oct 19, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

 कात्तिक २, चितवन । बाख्रापालनलाई व्यावसायीकरण गरी उत्पादन बढाउने  उद्धेश्यले चितवनमा एशिया क्षेत्रीय बाख्रा बिज्ञहरुको अन्तरराष्ट्रिय सम्मेलन आइतवारबाट शुरु हुंँदैछ । 

कृषि तथा वन विश्वविद्यालय, रामपुरको परिषरमा अमेरिका क्यानडा,जापान, ईटाली, पाकिस्तान, भारत लगायत १७ देशका ११७ विज्ञहरुले कार्यपत्र प्रस्तुत गरिने बताइएको छ । 

आयोजक संस्था कृषि तथा वन विश्वविद्यालय,रामपुरले शनिवार भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो । सम्मेलनमा नेपालमा बाख्रापालनको संभावना, चुनौती र श्रोत व्यवस्थापन सम्बन्धी छलफल हुनेछ । 

पत्रकार सम्मेलनमा बोल्दै सम्मेलन मूल आयोजक समितिका अध्यक्ष प्रा डा शारदा थपलियाले मासुको खपत बढ्दै  गएको अवस्थामा  बाख्रापालनमा नवीनतम प्रयोग गरी उत्पादनमा बृद्धि गर्न विज्ञ सम्मेलन हुन लागेको जानकारी दिइन् । 

बाख्राको खाद्य श्रोत,बाखा्रको  आनुवांशिक तथा जैविक प्रजनन, स्वास्थ्य तथा रोग व्यवस्थापन र बाख्राजन्य उत्पादनको प्रविधि र विकास सम्बन्धी विधालाई समेटेर ६० मौखिक, ४३ पोष्टर सहित ११७ भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत हुने छन् ।

विकासशील विश्वमा खाध्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन भन्ने मुल नाराका साथ हुने सम्मेलनमा विश्वव्यापी चुनौतिको रुपमा रहेकोे पीपीआर रोगको नियन्त्रणको बारेमा पनि बिशेष छलफल हुने छ । 

पछिल्लो समय गाई र सुंँगुरजातका पशुचौपायामा रोग बढेको र बाख्रा  जातको मासुमा आकर्षण बढ्दै गएकोले नेपालमा यसको संभावनाको बारेमा खोजी गरिने विश्व विद्यालयका अनुसन्धान निर्देशनालय,प्रमुख डाक्टर नवराज देबकोटाले बताए ।

उनका अनुसार निर्वाहमुखी बाख्रापालनबाट व्यावसायीकरण गर्न र लागत घटाई उत्पादन बढाउन सम्मेलन केन्द्रीत रहनेछ । सम्मेलनमा नेपाल लगायत विभिन्न देशका विश्वविद्यालयका विशिष्ट बैत्रानिक,प्राज्ञ, र विद्यार्थीसहित १७ देशका ३०० जनाको सहभागिता हुने छ ।

सन् २०१८को तथ्यांक अनुसार नेपालमा १ करोड २८ लाख बाख्रा रहेका छन् । नेपालमा बिशेषगरी खरी, जमुनापारी,च्यांग्रा, सिन्हाल र बोयर जातको बाख्रा पाल्ने गरिएको छ । सम्मेलन कात्तिक ६ गते सम्म चल्नेछ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)