ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नवलपुरमा व्यावसायिक घाँसखेती शुरू

Oct 21, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी


चितवन । पशु आहाराको बढ्दो माग पूरा गर्न नवलपुरमा व्यावसायिक रूपमा घाँसखेती गरिएको छ । गैंडाकोट नगरपालिका–१२ का युवा विष्णु भट्टले १ वर्षदेखि ८ बिगाहा क्षेत्रफलमा घाँसखेती गरेका हुन् । भट्टले ‘श्री स्वस्थानी घाँसस्रोत केन्द्र’ स्थापना गरी घाँस र यसका बिरुवा विक्री गर्दै आएका छन् । घाँसखेती विस्तारका लागि हालसम्म ५० लाख रुपैयाँ लगानी भएको भट्टले बताए ।

‘पशुको दानाको मूल्य दिनानुदिन बढ्दै गएको छ,’ भट्टले भने, ‘यसको विकल्पको रूपमा सुपर नेपियर जातको घाँसको खेती गरेको हुँ ।’ उनका अनुसार यो घाँसबाट पशुका लागि अधिकांश पौष्टिक तŒव पाइन्छ । यसले दूध तथा मासुको उत्पादन समेत बढ्ने उनको भनाइ छ ।

केन्द्रले कृषकको माग अनुसार घाँस र बेर्ना उत्पादन गर्दै आएको छ । कम लगानीमा उच्च प्रतिफल दिने यो जातको घाँसको माग बढ्दै गएको भट्टले बताए । सबै किसिमको हावापानी र माटोमा हुर्कन सक्ने सुपर नेपियर जातको घाँस थोरै जग्गामा लगाएर पनि राम्रो उत्पादन लिन सकिने उनको भनाइ छ । हालसम्म आपूmले ३० लाख रुपैयाँ बराबरको घाँस र बेर्ना विक्री गरेको उनले सुनाए ।

भट्टले शुरुआतमा २ बिगाहा क्षेत्रफलमा घाँसखेती शुरू गरेका थिए । अहिले ८ बिगाहामा रहेको घाँसखेती आगामी दिनमा अझै विस्तार गर्ने उनको योजना छ । मासु तथा दूध उत्पादनको लागत घटाउन पनि देशभर व्यावसायिक घाँसखेती गर्नुपर्नेमा उनले जोड दिए । घाँसखेतीमा कृषकको आकर्षण बढाउन सरकारले अनुदान लगायतको व्यवस्था गर्नुपर्ने उनले बताए । उनले उन्नत तथा स्थानीय जातका ६० ओटा बाख्रा समेत पालेका छन् । यस्तै १० कठ्ठा क्षेत्रफलमा गिठ्ठा लगाएका छन् । स्रोतकेन्द्रमा बाहै्रमास हुने अधिकांश जातका घाँस रहेको उनले जानकारी दिए ।

बढ्दो शहरीकरण र जग्गा खण्डीकरणबाट चरनक्षेत्र खुम्चिँदै गएको छ । यसबाट पशुआहाराको अभाव हुन नदिन पनि व्यावसायिक घाँसखेती बढाउनु आवश्यक छ । सोही अनुसार संघ, प्रदेश र स्थानीय सरकारले पछिल्लो समय कृषिको व्यवसायीकरण गर्न र देशलाई दूध तथा मासुमा आत्मनिर्भर बनाउन कृषिक्षेत्रको लगानीलाई जोड दिएका छन् । गंैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले यस वर्ष कृषिक्षेत्रको प्रवद्र्धनका लागि रू. ८० लाख बजेट छुट्ट्याइएको बताए  । ‘देशमै यस क्षेत्रलाई उन्नत जातका घाँसको नमूना स्रोतकेन्द्र बनाउन सहयोग गर्नेछौं,’ उनले भने । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)