ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना : ४ महीनामा १२२.५ मिटर पेनस्टक जडान

होला  त चैत महीनाबाट विद्युत् उत्पादन ?

Oct 21, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

कात्तिक ४, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ठाडो सुरुङमा १२२ दशमलव ५ मिटर पेनस्टक पाईप जडान गरिएको छ । गत असार १ गतेबाट भर्टिकल साफ्टमा पेनस्टक पाईप जडान गर्न शुरु गरिएको थियो ।

चार महीनाको अवधिमा सोमवारसम्ममा तल्लो  भर्टिकल साफ्टमा १०० मिटर पेनस्टक पाईप तथा माथिल्लो भर्टिकल साफ्टमा २२ दशमलब ५ मिटर गरी कुल १२२ दशमलव ५ मिटर पेनस्टक पाईप जडान गरी क्रंक्रिट भर्ने काम सम्पन्न भएको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताए । 

३७३ मिटर लामो तल्लो भर्टिकल साफ्टमा लट–३ को अष्ट्रियन कम्पनी एन्ड्रिजले पेनस्टक पाईप जडान गर्न शुरु गरेको थियो । यस्तै ३१० मिटर लामो माथिल्लो भर्टिकल साफ्टमा लट–२ को भारतीय ठेकेदार कम्पनी टेक्स म्याको रेल्वे इञ्जिनियरिङले गत असार १० गतेबाट पाईप जडानको काम शुरु गरेको थियो । 

यो अवधिमा साढें १२२ दशमलव ५ मिटर मात्र पेनस्टक पाईप जडान हुनुले काममा ढिलाई भइरहेको जस्तो देखिए पनि पेनस्टक पाईप जडानको क्रम बढ्दै जाँदा कामको गतिमा वृद्धि भइरहेको प्रवक्ता न्यौपानेले बताए । 

तर तल्लो भर्टिकल साफ्टको तुलनामा माथिल्लो साफ्टको पेनस्टकको जडान निक्कै सुस्त गतिमा भइरहेको छ । भारतीय ठेकेदार टेक्सम्याकोको सुस्त काम गराईको गतिले आयोजनाको काममा फेरी ढिलाई हुने आशंका बढेर गएको छ ।

सोही पेनस्टक पाइप ढुवानी तथा जडान गर्ने काममा लट–२ को हाइड्रो मेकानिकलतर्फ भारतीय ठेकेदार टेक्सम्याको रेल्वे इञ्जिनियरिङले ढिलाई गरेपछि  त्रिपक्षिय सम्झौता गरी एण्ड्रिज हाइड्रोले तल्लो भर्टिकल साफ्ट र टेक्सम्याकोले माथिल्लो भर्टिकल साफ्टमा पेनस्टक पाइप जडान गर्ने सहमती भई हाल काम भइरहेको छ ।

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट चैत्र सम्ममा विद्युत् उत्पादन शुरु हुने आयोजनाको दावी छ । भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोले यही गतिमा काम गर्ने हो भने आगामी चैत महीनासम्ममा विद्युत् उत्पादन हुने सम्भावना भने कम छ ।

यो  पनि हेर्नुहोस

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना : साढे ९२% निर्माण सम्पन्न

सबैका आँखा माथिल्लो तामाकोशीमा


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)