ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

क्रिकेट रंगशालाको डीपीआर तयार

कमलको आकृतिमा बन्ने, साढे २ अर्ब लागत अनुमान

Oct 24, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनको रामपुरमा बन्ने गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । डीपीआर अनुसार रंगशालाको आकार कमलको फूलको जस्तो हुने बताइएको छ । 

धुर्मुस सुन्तली फाउन्डेशनले निर्माणको जिम्मा लिएको रंगशालाको डीपीआर घोषणाको आठ महीनापछि सार्वजनिक गरिएको हो । गएको वर्ष माघमा रंगशाला निर्माणको घोषणा भएको थियो । भरतपुर महानगरपालिकामा बुधवार आयोजित कार्यक्रममा फाउन्डेशनले जिम्मा दिएको परामर्शदाताले रंगशालाको सबै विवरण जानकारी गराएको थियो । रंगशाला निर्माणका लागि तयार भएको डीपीआरले नयाँ ऊर्जा मिलेको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले बताइन् ।

रंगशाला निर्माणमा विभिन्न अवरोध आए पनि डीपीआर बनिसकेकाले अब निर्माण हुनेमा ढुक्क भएको फाउन्डेशनले जानकारी दिएको छ । भ्याटबाहेक रू. २ अर्ब ६० करोडको लागतमा निर्माण हुने गरी परियोजनाको विवरण सार्वजनिक गरेको फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए । अमेरिकी, भारतीय र नेपाली इन्जिनीयरको परामर्शमा डीपीआर निर्माण गरेको उनले बताए  ।

रंगशालाको मूल संरचनामा क्रिकेट मैदान रहनेछ । उक्त मैदान ३० हजार दर्शक अट्ने क्षमताको हुने बताइएको छ । अगाडि गौतमबुद्धको ठूलो आकारको मूर्ति निर्माण गरिनेछ भने नेपाली शैली झल्कने मूल गेट रहनेछ । भित्री संरचनामा पनि नेपाली मौलिकपन देखिनेछ । सञ्चारकर्मी, भीआईपी र क्रिकेट खेलाडीका लागि अलग्गै संरचना निर्माण गरिने बताइएको छ । 

निर्माण प्रक्रियाको लागि रकम अभाव हुन थालेको भन्दै उनले रकम संकलनका लागि रंगशाला निर्माण समिति र चितवनवासीलाई आग्रह गरेका छन् । बजेट अभाव नभए निर्माण शुरू भएदेखि २२ महीनाभित्र सम्पन्न गर्न सकिने उनको भनाइ छ । रंगशालामा फुटबल मैदान, पौडी पोखरी, पार्किङ लगायतका संरचना पनि बन्ने परामर्शदाता शेरबहादुर केसीले जानकारी दिए । डीपीआर निर्माणको लागि क्रियटिभ डिजाइन आर्किटेक प्रालिले जिम्मा लिएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)