ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मदिराको कारोबार घट्दा राजस्वमा असर 

Nov 3, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । मदिराको कारोबारमा कमी आउँदा आन्तरिक राजस्व कार्यालय, भरतपुरको राजस्व संकलनमा असर परेको छ । कार्यालयको राजस्वको मुख्य स्रोत मदिरा रहेको र यसको कारोबार कम हुँदा राजस्व रकम घटेको हो । 

चालू आर्थिक वर्षको शुरुआती ३ महीनामा लक्ष्यभन्दा २६ प्रतिशत कम राजस्व उठेको कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्रमुख शुबप्रसाद रिजालका अनुसार असोज मसान्तसम्म रू. १० अर्ब ७४ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य थियो, तर यो अवधिमा ८ अर्ब ५८ लाख मात्र संकलन गरेको छ । गतवर्ष कार्यालयले यस अवधिमा ७ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ संकलन गरेको थियो ।

असोज मसान्तसम्म अन्तःशुल्क शीर्षकमा कार्यालयले ९ अर्ब ५६ लाख ११ लाख लक्ष्य पाएकोमा ६ अर्ब ८१ करोड ५९ लाख मात्र संकलन भएको छ । ‘आन्तरिक राजस्व संकलनको मुख्य स्रोत नै अन्तःशुल्क हो,’ रिजालले भने, ‘यस वर्ष मदिराको सोचेजस्तो कारोबार देखिएन ।’ उनका अनुसार गत महीनामा चाडबाडको बिदा परेकाले पनि कम राजस्व संकलन भएको छ ।

कार्यालयका सूचना अधिकृत धनीश्वर अर्याल लक्ष्यअनुसार कर संकलन नभए पनि गतवर्षको तुलनामा राजस्व संकलन बढेको बताउँछन् । उनका अनुसार कार्यालयले गत वर्षको तुलनामा चालू आवको सो अवधिमा झण्डै ४४ प्रतिशत राजस्व संकलन बढेको उनको भनाइ छ । कार्यालयले चालू आवमा रू. ४४ अर्ब राजस्व संकलनको लक्ष्य
पाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)