ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीमेश्वरमा बहुउद्देश्यीय व्यावसायिक भवन बन्दै

Nov 5, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नवराज शिवाकोटी

दोलखा । जिल्लाको भीमेश्वर नगरपालिकाले बहुउद्देश्यीय व्यावसायिक भवनको निर्माण शुरू गरेको छ । सदरमुकाम चरीकोटको सातदोबाटो चोकमा नगरपालिकाले उक्त भवन निर्माण शुरू गरेको हो ।

भवनको लागत १२ करोड ७६ लाख रुपैयाँ रहेको नगर प्रमुख भरत केसीले बताए । भवनलाई नगरपालिकाको गौरवको योजनाको रूपमा लिइएको छ । मल्टिप्लेक्स सिनेमा हलसहितको भवन हाल ५ तलाको बन्नेछ । यसको डिजाइन भने ८ तलाको रहेको छ । भूकम्प आउनुभन्दा अघि नै डिजाइन तयार भएकोले भूकम्पीय जोखिमका कारण ३ तला घटाएर भवन निर्माण गर्न लागेको नगरपालिकाले बताएको छ । 

सातदोबाटो चोकको तरकारी बजारसँगै बन्ने यो भवनमा ६३ ओटा सटर रहनेछन् । भवन निर्माणको अवधि १८ महीना रहेको छ । भवन निर्माणका लागि नगर विकास कोषको ८० प्रतिशत अनुदान र १० प्रतिशत सहुलियत ऋण लगानी रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताए । यस्तै सरकारको ७ दशमलव ५ प्रतिशत अनुदान रकम र भीमेश्वर नगरपालिकाकोे २ दशमलव ५ प्रतिशत लगानी रहेको उनको भनाइ छ ।

निर्माण कम्पनी श्यामसुन्दर निर्माण सेवाका प्रतिनिधि अर्जुन दाहालले ठूलो र अत्याधुनिक भवन भए तापनि तोकिएकै समयमा भवन नगरपालिकालाई हस्तान्तरण गर्ने बताए । भवनको परामर्शदाता मल्टिप्लिनरी कन्सल्ट्यान्ट रहेको छ । व्यावसायिक भवन नगरका लागि भरपर्दो र दीर्घकालीन स्रोत बन्ने नगरको आशा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)