ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेनलिनले रोक्यो स्कूटर एसेम्बल

Nov 5, 2019  
यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । विगत १ वर्षदेखि चिनियाँ बेनलिन मोडलको स्कूटर एसेम्बल गरिरहेको बेनलिन मोटर्स प्रालिले २ महीनादेखि एसेम्बल रोकेको छ । बेनलिन मोटर्सले स्कूटरमा प्रयोग गरिरहेको मोटरले राम्रो काम नगरेपछि एसेम्बल रोकेको हो । 

स्कूटर किन्ने ग्राहकहरूबाट मोटरमा समस्या आएको गुनासाहरू बढ्न थालेपछि हालका लागि उत्पादन रोकिएको कम्पनीले बताएको छ । कम्पनीले १५ सय वाटको मोटर प्रयोग गरेर बेनलिन ५७८ जेड मोडलका स्कूटर एसेम्बल गर्दै आएको थियो ।

बेनलिन मोटर्स नेपालले चिनियाँ कम्पनी बेनलिनको पूर्ण लगानीमा २०७५ भदौमा बेनलिन मोटर्स टेक्नोलोजी प्रालि नाममा एसेम्बली प्लान्ट स्थापना गरेको थियो । रू. ४० करोडको लगानीमा काठमाडौंस्थित गोठाटारमा स्थापना गरिएको एसेम्बली प्लान्टबाट कम्पनीले हाल एउटा मात्र मोडलको स्कूटर उत्पादन गरिरहेको छ । 

कम्पनीका विक्री प्रबन्धक खिलप्रसाद शर्माले चीनबाट नयाँ मोटर ल्याउने तयारी भइरहेकाले तत्कालका लागि काम रोकिएको बताए । ‘मोटरमा समस्या देखिएको गुनासाहरू बढेपछि हामी नयाँ मोटर ल्याउने तयारी गरिरहेका छौं,’ उनले भने, ‘हाल एउटा मोटर ल्याएर जाँच गरिरहेका छौं । यसले राम्रो काम गरे यही, नभए अन्य ल्याएर उत्पादन शुरू गर्छौं ।’ उनका अनुसार पुरानो मोटरले स्कूटर उकालोमा चढ्न नसक्ने लगायत समस्या देखाएपछि त्यसलाई परिवर्तन गर्न लागिएको हो । 

बेनलिन ५७८ जेड स्कूटरमा ७२ भल्व र ३२ एम्पिएयरको १२०० वाटको नारोडा कम्पनीको ब्याट्री प्रयोग गरिएको कम्पनीले बताएको छ । कम्पनीले चार्जिङ स्टेशन भने निर्माण गरेको छैन । कम्पनीका अनुसार यो स्कूटरको चार्ज घरमै गर्नुपर्छ । एकपटक पूर्ण चार्ज गर्न ६ घण्टा लाग्ने र त्यसबाट १०० किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दाबी छ । हाल कम्पनीले काठमाडौंका ४ स्थानसहित बुटवल, नारायणगढ र दाङमा पनि शोरूम स्थापना गरेको छ । कम्पनीले नेपालमा एसेम्बल हुने ५७८ जेड स्कूटरको मूल्य रू. १ लाख ३० हजार राखेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)