ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनको ९०५ बिघामा  नक्कली गरिमा धान लगाइएको तथ्यांक सार्वजनिक

Nov 5, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

कात्तिक १९, चितवन । चितवन जिल्लामा ९०५ बिघामा  ‘नक्कली गरिमा’ धान लगाइएको तथ्यांक  सार्वजनिक गरिएको छ । मूल्यांकन समितिले चितवनमा ९०५ बिघाभन्दा बढीमा ‘नक्कली गरिमा’ धानमा बाला नलागेको तथ्यांक सार्वजनिक गरेको हो । 

कृषि ज्ञान केन्द्र चितवनका अनुसार राप्ती नगरपालिकामा ३७७ बिघा, खैरहनीमा १६८ बिघा, रत्ननगरमा १३५ बिघा, माडीमा ११० बिघा, भरतपुर महानगरपालिकामा ८५ बिघा र कालिका नगरपालिकामा ३० बिघामा नक्कली गरिमा धानको बिऊ लगाइएको थियो  ।

गरिमा जातको धानमा समयअवधिभित्र  बाला नलागेपछि सरकारी टोलीले चितवनमा स्थलगतरुपमा क्षतिको मूल्यांकन गरेको थियो । मूल्यांकन टोलीले बाला नलागेको धान सक्कली गरिमा जातको धान नभई नक्कली भएको प्रमाणित गरेको हो  ।

ज्ञान केन्द्रका अनुसार चितवनका छ ओटा स्थानीय तहमा बाला नलागेको नक्कली गरिमा धानको किसानहरुको प्रारम्भिक क्षति मूल्यांकन सकिएको हो । कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत माधव पौडेलले कृषककको दिएको निवेदन अनुसार क्षति मुल्यांकन गरिएको बताए ।

उनका अनुसार  रत्ननगर, राप्ती, कालिका, भरतपुर, खैरहनी र माडीमा स्थलगत क्षति मूल्यांकन गरिएको छ ।’ 

प्रारम्भिक मूल्यांकनअनुसार चितवनका छ ओटा स्थानीय तहमा ९०५ बिघामा नक्कली गरिमा जातको धानमा बाला नलागेको उनले जानकारी दिए  । क्षतिपूर्ति मूल्यांकनको  प्रतिवेदन मन्त्रालयमा पेश गरिने उनको भनाई छ । ’ 

डीएनए परीक्षणबाट नै गरिमाको नाममा गलत बिऊ विक्री वितरण भएकोे  ज्ञान केन्द्रले बताएको छ   । 

यो पनि हेर्नुहोस्

बाला नलागेको धान नकाट्न केन्द्रको आग्रह, क्षतिपूर्ति मूल्यांकन गर्न समस्या हुने

गरिमा जातको हाइब्रिड धानमा बाला नलागेपछि.....

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)