ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युत् प्राधिकरण भरतपुर : बक्यौता महशुल संकलन बढ्यो

Nov 8, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रको बक्यौता महशुल संकलन बढेको छ । लामो समयसम्म महशुल नबुझाउने सरकारी निकाय, संघसंस्था लगायत ग्राहकलाई ताकेता र कारबाही गरेसँगै बक्यौता रकमको असुली बढेको कार्यालयले बताएको छ । कार्यालयले संकलन गर्नुपर्ने महशुल बक्यौता गत आवको असोज मसान्तमा ३८ करोड ८२ लाख ८१ हजार १६१ रहेकोमा चालू आवको सोही अवधिमा २० करोड ३० लाख ८७ हजार ७५६ मा झरेको छ । महशुल नबुझाउने सेवाग्राहीलाई ताकेता गर्ने, लाइन काटिदिने, कारबाही एवं जरीवाना गरेसँगै बक्यौता रकम घटाउन सफल भएको केन्द्रका प्रमुख सुरेशकुमार महतोले बताए । ‘निजी कम्पनी तथा घरभन्दा पनि सरकारी कार्यालयको बक्यौता बढी देखिन्छ,’ उनले भने, ‘त्यस्ता कार्यालयको पनि लाइन काटेर कारबाही गरेका छांै ।’

पछिल्लो समय लोडशेडिङ हटेसँँगै विद्युत् खपत बढेको छ, जसले गर्दा महशुल संकलनमा समेत वृद्धि भएको कार्यालयले बताएको छ । कार्यालयका अनुसार गत आवको असोज महीनासम्ममा ५४ करोड ४९ लाख ८८ हजार ८७४ रुपैयाँ महशुल संकलन भएको थियो । चालू आवको यो अवधिमा ५९ करोड ८५ लाख ७० हजार १८९ रुपैयाँ संकलन भएको छ, जसमध्ये विद्युत् चुहावट गर्नेहरूबाट २ लाख ८८ हजार ८९४ र लाइन काटिएकाहरूबाट ८५ लाख ३० हजार ८० रुपैयाँ असुली भएको छ । कार्यालयले गत आवको सोही अवधिमा विद्युत् चुहावट गर्ने ग्राहकबाट ६ लाख ६६ हजार ५४६ रुपैयाँ असुल गरेको थियो ।

यस्तै लाइन काटिएका ग्राहकबाट गत आवको ३ महीनामा ६१ लाख ५३ हजार ८७१ रुपैयाँ संकलन गरेको थियो । लाइन काटिएका ४४३ ग्राहकबाट महशुल असुली गरी कार्यालयले पुनः जडान गरिदिएको छ । गतवर्ष कार्यालयले २९४ जना ग्राहकको लाइन पुनः जोडेको थियो । जनघनत्व र नयाँ संरचना निर्माण हुने क्रमसँगै कार्यालयका सेवाग्राहीको संख्या समेत बढेको छ । कार्यालयका अनुसार गत आवमा ८० हजार ८२६ ग्राहक रहेकोमा चालू आवको तीन महीनामा बढेर ८७ हजार ६९४ पुगेका छन् ।

केन्द्रको क्षमता विस्तार, भोल्टेज सुधार, नयाँ ट्रान्सफर लाइन जडान गर्ने काम पनि गरिँदै आएको महतोले बताए । केन्द्रले भरतपुर महानगरपालिका, माडी नगरपालिका, इच्छाकामना गाउँपालिकाका क्षेत्रहरूमा समेत सेवा दिँदै आएको छ । ग्राहकको चाप बढेसँगै पश्चिम चितवनको चनौलीमा हालै थप वितरण केन्द्र सञ्चालनमा ल्याइएको कार्यालयले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)