ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नियुक्ति र नियत

Nov 8, 2019  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

धेरैलाई लाग्दो हो, सरकार केबल गफ हाँकिरहेको छ, देश हाँकिरहेको छैन भनेर । तर एउटा काम सरकारले सत्तामा आएदेखि नै निरन्तर युद्धस्तरमा गरिरहेकै छ, त्यो हो विभिन्न पदमा नियुक्ति । सम्बन्धित पदमा नियुक्त व्यक्ति युक्त अर्थात् योग्य हो वा होइन भन्ने विषयमा छुट्टै छलफल गर्न सकिएला । तर पनि एउटा योग्यता भने पुग्नैपर्छ । त्यो हो सत्ताधारीको बिल्ला चैं भिर्नैपर्छ । तर जे होस्, अहिले नियुक्ति गर्ने काम भने भयंकर भइनै रहेको छ । हो, नयाँ नियुक्त गर्न कसैलाई बर्खास्त गर्नैपर्ने हुन्छ । त्यो काम पनि युद्धस्तरमै भइरहेको छ । जस्तै, यसै हप्तामात्र सातै प्रदेशका प्रमुख बर्खास्त भए, अनि सात जनाले त्यस स्थानमा नयाँ नियुक्ति पनि पाए । पुराना नभत्काई नयाँ बन्दा पनि बन्दैनन् । सरकारले आएदेखि नै न्यायालयदेखि पुस्तकालय, शिक्षालयदेखि राजदूतालय सबैतिर नयाँ नियुक्तिहरूको लामै झन्डा गाडिसकेको छ । सरकारले नयाँ क्यै गरेन भन्नेहरूलाई योभन्दा ठूलो जवाफ अरू के हुन सक्छ ?

यो समय को युक्त र को अयुक्त भन्ने बहस गर्ने पनि होइन । यो त समयलाई पर धकेल्ने र जेनतेन चल्ने बेला हो । किनकि विश्वमा आर्थिक मन्दी जो चलिरहेको छ । अझ वातावरण प्रदूषण पनि बढिरहेको छ । त्यसैले यो समय केवल समय पर धकेल्न पाए अर्थात् बाँच्न पाए पुग्ने बेला हो । त्यै भएर सरकारले त्यै गरिरहेको छ, अर्थात् बाँच्ने काम गरिरहेको छ । त्यसमा पनि देशको कार्यकारी प्रमुखलाई सन्चो छैन । हुन त उहाँ पूर्ण स्वस्थ नै हुनुहुन्छ । केवल उहाँका दुई मिर्गौलाले काम नगरेको अवस्था मात्र हो । यस्तो परिस्थितिमा सरकार र मन्त्रीमण्डल ‘एग्रेसिभ’ भएर काम गर्ने कुरा पनि हुँदैन । जनताले समयमै यस्ता कुरा बुभ्mन जरुरी छ । किनकि यो समय कुन नियुक्ति कसको पकेटभित्र र कसको बाहिर भनेर बहस गर्ने बेला पनि होइन । कुनै योजना बनाउने र यो वा त्यो गर्ने बेला पनि हैन यो । यो त सबै कुरालाई जति टाल्न सकिन्छ, त्यति टाल्दै जाने हो । किनकि जसले समयलाई टाल्न सक्छ, त्यसैले विपक्षीलाई प्रतिस्पर्धामा पछाडि फाल्न सक्छ ।

कोही भन्छन् सही ठाउँमा, सही व्यक्तिको, सही समयमा नियुक्ति नभएकाले नै नेपालमा संघीयताको बाली फस्टाउन सकेन भनेर । अझ कतिओटा प्रदेशको त नाम र राजधानी समेत तोक्न सकेनन् भनेर पनि आलोचना हुन थालेको पनि धेरै भयो । तर गुनासो पोख्नेहरूले के बुझेका छैनन् भने हतार किन ? आखिर प्रदेश सरकार भनेका संघीय सरकारकै छायाँ त हुन् ! मूल सरकारको शरीरका पूरै अंगहरू नचलेको अवस्थामा छायाँ सरकारको चैं कसरी चल्न सक्छ र ?

त्यसैले जसरी केन्द्र सरकारलाई हलचल गर्न समय लाग्छ, त्यसरी नै प्रदेश सरकारलाई झन् बढी समय लाग्छ नै । यसको मतलव सरकारका अंगहरू चल्दै चलेनन् छैनन् भन्ने पनि होइन । कुम्भकर्ण सधैं सुतिरहेको जस्तो देखिए पनि आखिरमा खाने बेलामा त उठ्छ नै । यसको मतलव सरकार सुतेको जस्तो देखिए पनि बेलाबेलामा उठिरहेको प्रस्टै देखिन्छ । अहिले देशैभरि जताततै नियुक्तिको मौसम चलिरहेको छ । नियुक्तिका लागि व्यक्ति छान्न सजिलो पनि त छैन । किनकि के बालुवाटार, के सिंहदरबार पद पाऊँ भनेर हात जोड्नेहरूको ताँती लामै जो हुने गरेको छ । सही उम्मेदवार पत्ता पाउन समय लाग्छ । त्यसपछि छान्न जान्नुपयो । कि नातेदार हेर्नुपर्‍यो, कि मालदार वा मसलदार पार्नुप¥यो    । त्यसै गर्ने कुरा पनि भएन । भोलिका लागि जोहो गर्नुपर्‍यो । नत्र चल्छ कसरी ? तालुमा आलु फल्छ कसरी ?

अझ थुप्रै सरकारी निकायहरूमा प्रमुखहरू नियुक्त गर्न बाँकी नै छ । सरकारले त्यहाँ ढिलो गरेकै हो । किनकि नियुक्ति भएपछि त्यहाँ भ्रष्टाचार हुन्छ भन्ने सरकारलाई राम्ररी थाहा छ । एकोहोरो मात्र भ्रष्टाचार हुन दिने कुरा पनि भएन । भ्रष्टाचार कम गर्न पनि नियुक्ति ढिला गर्न जरुरी छ । यसो गर्दा काम भएन भन्नेहरूलाई छक्याउन सजिलो पनि हुन्छ । भन्न सकिन्छ कि त्यहाँ नियुक्ति हुन्छ, अनि काम फटाफट अघि बढ्छ भनेर । यस प्रकारले जनताका हरेक आशा र उत्तेजनालाई समयको नाममा लपेट्न पाइन्छ । विपक्षीलाई दपेट्न पाइन्छ  । विस्तारै मुद्दाहरू सेलाउँदै जान्छन् । सन्दर्भ बिर्सिइन्छन् । फेरि पछि कुनै नयाँ सपना देखाएर आप्mना वाचा तोड्न पाइन्छ, कुरा सजिलै मोड्न पाइन्छ ।

यसैले जब जब सरकारले नयाँ आयोग बनाउँछ वा नयाँ नियुक्ति गर्छ, सोध्न मन लाग्छ यिनले त्यो अफिसमा गएर काम चैं के गर्लान् भनेर । यस्तै कुराकानीमा एकजना राष्ट्रवादी व्यापारीले एक दिन भनेको कुरा सधैं स्मरणमा आउँछ, ‘केही छैन । नयाँ प्रमुख कस्ता छन् भन्ने थाहा त छैन । तर ५ प्रतिशत उनको भागमा पनि छुट्ट्याउनुपर्ने हुन्छ । त्यति मात्र हो । काम त भइहाल्छ नि ।’ नियुक्ति गर्ने काम कति महङ्खवपूर्ण रहेछ भनेर बाँकी कुरा आफै बुफ्नुस्, नबुझे बालुवाटारतिर कुद्नुस् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)