ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टासिनाममा जंगली भालुको आतंक, अन्नपात र पशुचौपाया खान थालेपछि स्थानीय त्रसित

Nov 12, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

कात्तिक २६, दोलखा । केही दिन अघि दोलखा जिल्लाको गौरिशंकर गाउँपालिका वडा नम्बर ९ टासिनामका पासाङ तामाङको तीन ओटा बाख्रा जंगली भालुले खाइदियो । सोही दिन भालुले स्थानीय छ्योरो शेर्पाको होटलमा क्षति पुर्‍यायो । ‘काम गर्ने कालु मकै खाने भालु’ भनेजस्तो शनिवार राति पनि भालुले स्थानीय सुर्यबहादुर तमाङको घर भित्र पसेर मकै, गहुँ लगायतका अन्नपात खाइदिएको स्थानीय रामकुमार गुरुङले बताए ।

जंगली भालुले घरको पक्की झ्याल ढोकासमेत भत्काएर भित्र पस्न थालेपछि स्थानीय त्रसित बनेका छन् । कुनै दिन मानिसलाई नै आक्रमण गरी ज्यान लिनसक्ने भन्दै त्रसित बनेका स्थानीय गौरीशंकर संरक्षण क्षेत्र आयोजनालाई गुहार्न पुगेका छन् । भालु आतंकबारे जानकारी प्राप्त हुनासाथ नियन्त्रणका लागि गौरिशंकर संरक्षण क्षेत्र आयोजनाको बैठक बसी टासिनाम क्षेत्रमा संरक्षण क्षेत्रका रेन्जरसहित प्रहरी टोली परिचालन गरिएको आयोजनाका प्रमुख सत्यनारायण शाहले आर्थिक अभियानलाई बताए । यो समय भालु शित निद्रामा प्रवेश गर्ने समय भएकोले शरीरमा अधिक पोषण जम्मा गर्न बढी खन्चुवा हुने गरेको उनको भनाइ छ ।

गाँउघरमा मानिसको बसाई कम हुँदै गएको र वन तथा वन्यजन्तु संरक्षणमा स्थानीय सक्रिय बनेपछि अहिले भालु, चितुवा जस्ता जंगली जनावरले मानिसलाई दुःख दिन थालेको पीडितहरुको गुनासो छ । गाउँमा मानिसको कमी भएसँगै बाँझो जग्गामा रुख उम्रिएर जंगल बनेपछि वन्य जन्तुलाई घरसम्मै आउन झन सहज बनेको उनीहरुको भनाइ छ । संरक्षण क्षेत्र भित्रका बस्तिहरुमा जंगली जनावरहरुले क्षति पुर्‍याएको अवस्थामा संरक्षण क्षेत्र आयोजनाले क्षतिपूर्ति दिने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)