ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोलखाको टाँसिनाममा भालुको आतंक

Nov 14, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नवराज शिवाकोटी

दोखला । दोलखाको गौरीशंकर गाउँपालिका–९ टाँसिनाममा जंगली भालुका कारण स्थानीय बासिन्दा आतंकित भएका छन् । जंगली भालु घरभित्रै पसेर पशुपन्छी तथा राखेको अन्नपात खान थालेपछि स्थानीयवासी त्रासमा छन् ।

केही दिनअघि टाँसिनामका पासाङ तमाङको तीनओटा बाख्रा मारेको भालुले लगत्तै छ्योरो शेर्पाको होटलमा क्षति पु¥याएको स्थानीय रामकुमार गुरुङले बताए । शनिवार राति पनि भालुले स्थानीय सूर्यबहादुर तमाङको घरभित्र पसेर मकै, गहुँ लगायत अनाजपातमा क्षति पु¥याएको थियो । भालु घरको पक्की भ्mयाल ढोका समेत भत्काएर भित्र पस्ने भएकाले आपूmहरू आतंकित भएको तामाङले बताए । भालुले दुःख दिन थालेपछि स्थानीय बासिन्दाले गौरीशंकर संरक्षण क्षेत्र आयोजनालाई जानकारी गराएका छन् ।

भालुको आतंकबारे जानकारी प्राप्त हुनासाथ नियन्त्रणका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको बैठक बसेको छ । अहिले टाँसिनाम क्षेत्रमा संरक्षण क्षेत्रका रेन्जर सहित प्रहरी टोली परिचालन गरिएको आयोजनाका प्रमुख सत्यनारायण शाहले आर्थिक अभियानलाई बताए । यो समय भालु शीत निद्रामा प्रवेश गर्ने समय भएकाले शरीरमा अधिक पोषण जम्मा गर्न बढी खन्चुवा हुने उनको भनाइ छ । संरक्षण क्षेत्रभित्रका बस्तीहरूमा जंगली जनावरले पुर्‍याएको क्षतिको संरक्षण क्षेत्र आयोजनाले राहत उपलब्ध गराउँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)