ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा दोस्रो धेरै रोजगारी उद्योग क्षेत्रमा

Nov 15, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी


चितवन । चितवनमा दोस्रो धेरै रोजगारी उद्योग क्षेत्रमा रहेको पाइएको छ । तथ्यांक कार्यालय, चितवनले गतवर्ष गरेको आर्थिक गणना अनुसार जिल्लामा औद्योगिक उत्पादन क्षेत्रमा १८ हजार ३७० जनाले रोजगारी पाएका छन् । पछिल्लो समय जिल्लामा साना–ठूला उद्योग खुल्ने क्रम बढेकाले यस क्षेत्रमा रोजगारी तथा जनशक्ति बढेको कार्यालयका तथ्यांक अधिकृत यज्ञमूर्ति भण्डारीले बताए । जिल्लामा सबैभन्दा धेरै रोजगार भएको क्षेत्र भने थोक तथा खुद्रा व्यापार रहेको छ ।

चितवन देशकै केन्द्र भएकाले यहाँ उद्योगधन्दा थपिने क्रम बढेको जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले बताए । रोजगारी सृजनामा यसले प्रत्यक्ष टेवा पुगेको उनको भनाइ छ । संघमा दर्ता हुने उद्योग समेत वार्षिक १० प्रतिशत थपिने गरेको उनले जानकारी दिए । ‘राजनीतिक स्थिरतासँगै औद्योगिक वातावरण बन्दै गरेकाले उत्पादन मूलक उद्योगमा रोजगारी बढेको हो,’ उनले भने । 

अहिले कृषिक्षेत्रमा युवा आकर्षित भए पनि उत्पादन तथा बजार व्यवस्थित नहँुदा उद्योग क्षेत्रको रोजगारीमा आउनेहरू बढेको चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले बतए । ‘अझै पनि कृषिक्षेत्र निर्वाहमुखी छ । यसको व्यावसायिक विकास हुन सकेको छैन,’ उनले भने, ‘तर उद्योग क्षेत्रमा तलब, ज्याला लगायत सेवासुविधा राम्रो भएकाले जनशक्तिको आकर्षण बढेको हो ।’ उनका अनुसार जिल्ला उद्योग संघमा पनि उद्योगको दर्ता हुने क्रम बढेको छ । संघमा हाल ९०० को हाराहारीमा उद्योग आबद्ध रहेको उनले बताए ।

जिल्लाको रोजगारीमा पहिलो स्थानमा रहेको थोक तथा खुद्रा व्यापारमा ३६ हजार १४ जना आबद्ध छन् । अन्य पेशा व्यवसायको तुलनामा सजिलै गर्न सकिने भएकाले यस क्षेत्रमा बढी रोजगार भएको कार्यालयका तथ्यांक अधिकृत भण्डारीले बताए । तेस्रोमा आवास तथा खानासम्बन्धी व्यावसायिक प्रतिष्ठानमा १४ हजार २७१ जना संलग्न छन् । शिक्षाक्षेत्रमा १३ हजार २०४ जनाले रोजगारी पाएका छन् । यस्तै घरजग्गा कारोबारमा सबैभन्दा कम १८ जना मात्र संलग्न छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)