ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बन तथा बन्यजन्तु संरक्षणमा जागरुक बनाउन बीमा शुरु

Nov 16, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

कात्तिक ३०,चितवन । चितवनको मध्यवर्ती क्षेत्रमा बन तथा बन्यजन्तु संरक्षणमा जागरुक बनाउने उद्धेष्यले क्षतिको बीमा शुरु गरिएको छ । 

बन तथा बन्यजन्तु संरक्षणमा जागरुक बनाउन  तथा मानव र बन्यजन्तु बीच हुने द्वन्द्व न्यूनीकरणको लागि नेपालमै पहिलो पटक बीमा शुरु गरिएको हो ।

रत्ननगर नगरपालिकाको नेतृत्वमा स्थानीय बाघमारा मध्यवर्ती सामुदायिक बन,मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र अर्थ इन्स्टिच्युटको साझेदारीमा बीमा कार्यक्रम शुरु गरिएकोे रत्ननगर नगरपालिकाका मेयर नारायण वनले वताए । 

पहिलो चरणमा सौराहा नजिकै रहेको बद्रेनीका १४९ घरका लागि बीमा गरिएको छ । जंगली जनावरबाट हुने मानवीय ,भौतिक,घर पालुवा जनावर र बालीनालीको क्षतिको बीमा गरिएको हो । 

शिखर बिमा कम्पनी मार्फत बीमा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाको २५ प्रतिशत, अर्थ ईस्टिच्युटको २५ प्रतिशत, बाघमारा मध्यवर्ती सामुदायिक बन र मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको २५ प्रतिशत र उपभोक्ताको २५ प्रतिशत गरि रू.७ लाख २५ हजारको बीमा गरिएको बाघमारा मध्यवर्ती सामुदायिक बनका अध्यक्ष जीतु तामाङले बताए ।

बीमितको मृत्यु भएमा रू.१० लाख, घाइते भएमा रू.१ लख, घर तथा भौतिक संरचनामा क्षति भए रू.१० लाख, घरपालुवा जनावरको मृत्यु भएमा रू.१२ देखि ४० हजारसम्म र बालीनालीमा क्षति भएमा क्षति भएको ७५ प्रतिशत बीमामार्फत् राहत पाउने मृगकुञ्जका अध्यक्ष बासु ढुंगानाले बताए । 

रत्ननगर नगरपालिकाका मेयर नारायण वनका अनुसार वन्यजन्तु र मानव बीचको द्वन्द्व न्यूनीकरण गर्न यो कार्यक्रमले मद्धत पुग्नेछ  । ‘जंगल जाँदा मानिस घाईते वा मृत्यु भएमा कहि कतैबाट राहात पाउँदैनथे, अब यो कार्यक्रमले राहत मिल्ने छ’, मेयर वनले भने । 

गत शुक्रवार एक कार्यक्रमका बीच प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले बद्रेनीका स्थानीयलाई बीमा लेख हस्तान्तरण गरेका थिए । सो अवसरमा मुख्यमन्त्री पौडेलले बीमा कार्यक्रमले स्थानीयलाई बन तथा बन्यजन्तु संरक्षणमा अझ जागरुक बनाउन मद्दत गर्ने भन्दै यसमा स्थानीयले नै स्वामित्व लिनु पर्ने बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)