ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२ करोड लगानीमा प्राकृतिक चिकित्सालय 

Nov 22, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी


चितवन । चितवनको भरतपुर महानगरपालिका–४ मा प्राकृतिक चिकित्सालय सञ्चालनमा आएको छ । करीब २ करोड रुपैयाँ लगानीमा प्राकृतिक चिकित्सालय नेट फ्रेस हस्पिटल सञ्चालनमा ल्याइएको हो । 

चिकित्सालयमा शुद्ध प्राकृतिक पद्धतिद्वारा उपचार गरिने अस्पतालका अध्यक्ष गोविन्द हुमागाईंले जानकारी दिए । हस्पिटलमा रासायनिक, प्रतिजैविक चिरफार र विषादीको प्रयोगविना प्राकृतिक वस्तु र साधनको उपयोग गरी उपचार गरिने उनले बताए । उनका अनुसार यस किसिमको प्रद्धतिबाट बिरामीलाई साइड इफेक्ट हुँदैन र उपचारको लागत पनि कम हुन्छ । 

हाल हस्पिटलमा प्राकृतिक आहारसहितको अन्तरंग सेवा पनि सञ्चालन गरिएको छ । यसबाहेक चिकित्सालयमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा, अकुपन्चर, अकुप्रेसर सेवा, फिजियोथेरापी/रिह्याबिलिटेशन, मसाज थेरापी, मड थेरापी, योग, यौगिक क्रिया तथा मनोपरामर्श सेवा पनि सञ्चालनमा छन्  ।  प्राकृतिक चिकित्सासम्बन्धी कलेज स्थापना गर्ने उद्देश्यले प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याइएको अध्यक्ष हुमागाईंको भनाइ छ । ११ जनाको संस्थापकत्वमा सञ्चालित उक्त चिकित्सालयले प्राकृतिक तथा अर्गानिक आहार केन्द्र पनि सञ्चालन गर्ने बताएको छ । 

त्यस्तै, चिकित्सालयमा प्राकृतिक पद्धतिबाट सुगर, प्रेसर, दम लगायतका रोगको उपचार गरिने हस्पिटलका चिकित्सक अमित शाहनीले उल्लेख गरे । ‘उपचार पद्धतिमा आफ्नै ठाउँका जडिबुटीको प्रयोग गरी नमुना प्राकृतिक चिकित्सालय बनाउने अभियानमा हामी जुटेका छौं’, उनले भने । डाक्टर भगवानचन्द्र ज्ञवालीले ढाड, कम्मर र गर्धन दुख्ने, युरिड एसिड, बाथ, हड्डी खिइएको, नसा च्यापिएको, प्यारालाइसिसको उपचार पनि प्राकृतिक पद्धतिबाट गरिने बताए । जडिबुटीको प्रयोग गरी पिनास, टाउको दुख्ने, माइग्रेशन, एलर्जी दम, मानसिक तनाव, पायल्स, ग्यास्ट्रिक, अल्सर, पुराना तथा दीर्घ रोगको पनि उपचार गरिने उनको भनाइ छ  ।

चिकित्सालयले १४७ ओटा जडीबुटी उत्पादन तथा माटो, पानी र जडीबुटीको प्रयोग गरी उपचार गरिरहेको बताएको छ । हस्पिटलमा हाल ३ जना प्राकृतिक चिकित्सक छन् । १० बेडको उक्त हस्पिटलमा २१ जनाले रोजगार पाएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Kaludata Pant

[Nov 22, 2019 12:51am]

मैले पाइल्स को दुइचोटी आप्रेसन गरीसके 6 बर्स भो सर म्लाइ पाइल्स भाको के गर्नेहोला अब सर प्लिज ह्जुर्को ह्स्पीटल्को नम्बर दीनोस प्लिज



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)